-शान्तिमान श्रेष्ठ
कुनै दिन तैमुर लंग हजारौं सेनाहरुका साथ भारत छिरेर पुरै भारत वर्षलाई आतंकित गरेका थिए, उनि जुन गाउँ वा शहर छिर्थे त्यो शहरका प्रत्यक बाल-बच्चाको टाउको काटेर भालाको टुप्पो मा उन्थे , यसरी उनको प्रत्यक सेनाको साथमा रहेको भालाको टुप्पोमा बच्चाको टाउको उनिएको हुन्थ्यो, भेटे जतिकोलाई काटथे र पुरै बस्ती – प्रत्यक घरमा आगो लगाएर खरानी बनाउँथे; उनि जुन शहर छिर्थे त्यो शहरको त कुरै नगरौं हजारौं माइल परको शहर समेत थर्कमान हुन्थ्यो, पुरै भारत तैमुर बाट त्राहिमान थियो , भारतका कुनै पनि राज्यले उनि सँग भिड्ने साहस गरेका थिएनन तर तैमुर लंगको सेना माथी जाई लागेर तैमुरलाई युद्धमा पराजित गरि भारत वर्ष बाट लखेटने हाम्रै सुदुर पश्चिमको खस राज्य थियो , भारतको ठूला र शक्तीशाली भनिएका राज्यका राजा – महाराजाहरु परचक्रीहरुको आक्रमणको सामना गर्न नसकेर लिच्छविकालिन नेपालको शरणमा आउँथे , त्यो बेला नेपाल यति शक्तिशाली र सम्पन्न थियो कि विदेशी बाट अधिनमा परेको भारतको कुनै राज्यलाई विदेशी बाट मुक्त गरि भागेर आफ्नो शरणमा आएको राजालाई पुन उक्त राज्यको राजसिंहासनमा बसाल्ने सामर्थ्य राख्थ्यो । आधा भन्दा बढी पृथ्वी कब्जा गर्ने बेलायती साम्राज्यको बिरुद्ध लडने साहस चीन र रुसले समेत गरेन , विशाल भनिएको मुगल साम्राज्य समेत बेलायत सामु घुँडा टेक्यो। बेलायतलाई एशिया बाट धपाउने योजनाका साथ बेलायत बिरुद्ध युद्ध गर्ने एशियाको एक्लो देश नेपाल हो। प्रथम र दोस्रो विश्वयुद्धमा हामिले बेलायतलाई ठूलो धनराशि दान गरेका थियौं। भारत भित्र अंग्रेज बिरुद्ध विद्रोह हुँदा बेलायतले नेपाल सँग गुहार माग्न परेको थियो , नेपालले १६ हजार सेना पठाएर बेलायतको उद्धार गरेको थियो। राणाकाल मै जापानमा भुकम्पले ठूलो जनधनको क्षती हुँदा हामिले ठूलो धनराशि सहयोग गरेका थियौं , दक्षिण कोरियामा भोकमरी लाग्दा हामिले पठाएको चामल खाएर बाँचेका जनताहरु अझै पनि वृद्ध अवस्थामा कोरियामा जिवित छन । युरोपमा खाद्यान्नको संकट हुँदा युरोपले हामी सँग खाद्यान्नको सहयोग माग्थे र हामिले खाद्यान्न पठाउँथ्यौं ।
युरोपमा भोखमरी लाग्दा हामी कहाँ स्वर्ण मुद्रा प्रचलन थियो, युरोप भर्खर भोखमरी बाट तंग्रीदै गर्दा हामी कहाँ चाँदीको मुद्रा प्रचलन थियो, हामी आर्थिक र सामरिक रुपले समृद्ध थियौं र त चीन जस्तो विशाल देश र बेलायत जस्तो आधा पृथ्वी निलेको देश सँग आफ्नै खुट्टामा उभिएर स्वाभिमानका साथ युद्धमा होमिएका थियौं !
तर आज हामी चीन सँग ५६ अर्ब भिख मागेर गर्व गर्दैछौं , यो भन्दा १० गुणा बढी रकम त हामिले बेलायतलाई प्रथम र दोस्रो विश्वयुद्धमा सहयोग गरेका थियौं ।
एनसेल नामको निजि कम्पनी संग यसको दोब्बर रकम छुट गरेका छौं र १२ गुणा बढी बेरुजु रकम उठाउन बाँकी छ। ५६ अर्बको आधा राकम त नेपालका एउटै नेताले क्यान्टोनमेन्टमा घोटाला गरेका छन ।
नेपालमा भ्रष्टाचार नहुने हो भने हामिलाई कसै बाट भिख माग्नपर्ने जरुरी छैन तर सत्तासिन लोभी, पापी, ठग, बदमासहरु भ्रष्टाचार- लूट पनि जारी राख्छन्, जनतालाई गरिब बनाउँछन र त्यही गरिब जनतालाई देखाएर विदेशिहरु बाट भिख पनि मागिरहन्छन , जनता माथिको ज्यादती र घोर अपराध होइन यो ?
केहि वर्ष अघि संयुक्त राष्ट्र संघले नेपाललाई अति गरिब मुलुकहरुको सूची बाट हटाउने निर्णय गर्यो तर लोभी पापिहरुले नेतृत्व गरेको नेपाल सरकारले संयुक्त राष्ट्र संघ समक्ष अनुनय विनय गरेर पत्र पठायो नेपाललाई अति गरिब मुलुकहरुको सूची बाट नहटाईयोस, किनकी नेपाल अति गरिब मुलुकहरुको सूची बाट हट्नुको मतलब गरिब जनताको नाममा आउने अनुदान र भिख बन्द हुनु हो अनि यि लोभी लुच्चा नेताहरुले के खाने ?
यी यावत तथ्य बाट प्रष्ट्र हुन्छ : यि ठगहरुलाई देश र जनताको ईज्जत,प्रतिष्ठा,प्रगती र स्वाभिमान सँग सरोकार छैन केबल आफ्नो तुच्छ स्वार्थ सँग सरोकार छ । यि जुकाहरुलाई मिल्काउन जति ढिलो हुन्छ देशको थप दूर्गती अझै सन्निकट छ।
तैमुर लंग , बेलायत र चीन जस्तो शक्तिशालीहरु सँग पूर्णत आत्मनिर्भरताका साथ स्वाभिमानपूर्वक लडने पुस्तालाई सामन्त भन्दै तिनै देश सँग भिख मागेर गुजारा गर्ने प्रगतिशील , क्रान्तिकारी , समाजवादी नामको ठगहरुलाई बेलैमा चिनौं र ठेगान लगाऔं नत्र आफ्नै ठेगान लाग्नेछ।
श्रेष्ठको फेसबुक पोष्टबाट साभार