Wednesday, November 27, 2024
घरविचारगणतन्त्रले नेताको भण्डार रित्याउँदै...

गणतन्त्रले नेताको भण्डार रित्याउँदै…

– शेरबहादुर शाह
भक्तहरुले उक्साएर उत्तेजित गराइदिएपछि स्थानीय ग्रामीण देवताका कुनै-कुनै धामीले पनि जेलमा परिरहेको कैदीलाई समेत एकै रातमा कैदमुक्त गराइदिने दाबी गरिदिएका हुन्छन् । गणतन्त्रले दुर्गन्धित, फोहर र लथालिङ्ग बनाइदिएको राजनीतिक राज्यव्यवस्था र प्रशासनलाई तीन वर्ष भित्रै सफा, स्वच्छ र सबल बनाइदिन्छौं भनेर ऋषि धमलासँगको दरोखरो बहसमा दाबी गर्ने नेताहरुलाई उत्तेजित धामी भन्दा बढी महत्वपूर्ण मान्न मिल्ने आधारभुत कारण नै देखिदैन, किनकी अबको तीन वर्षमा काम गर्ने मान्छे आखिर उनै हुन्, स्वार्थ उही हो, नियत उहि हो, चरित्र उहि हो, नयाँ त केही पनि छैन ।

विदेशी नेताको चारित्रिक इमानदारीलाई अनुकरणीय मान्न नसक्ने भ्रष्टहरु कहाँ नेल्सन मणडेला नै आएपनि परिणाम बदलिन सक्दैन ।

चीनका राष्ट्रपति र भारतका प्र.मं. ले बढीमा आर्थिक र प्राविधिक सहायता मात्र दिन सक्दछन्, आफ्नो चरित्र, इच्छाशक्ति, र देशभक्तिपूर्ण मानसिकतालाई नेपाली नेताको मस्तिष्क मा प्रत्यारोपण गरिदिन सक्दैनन्, आफ्नो जनता र राष्ट्रको राष्ट्रिय आवश्यकतालाई त्यागेर कसैलाई खुशी पार्नका निम्ति संघीयता, कसैलाई खुशी पार्न धर्म निरपेक्षताको अभ्यास गर्न खोज्नेहरुले दायाँ बायाँ, तलमाथि जता फर्किए पनि नेपाललाई दबाब, हस्तक्षेप र चेतावनी मात्र आउन सक्ने गरि गणतन्त्रवादीहरुले राष्ट्रलाई नै नजरवन्दी सरहको बनाइदिएका छन्, संघीयता र धर्मनिरपेक्षतालाई खारेज नगरिकन नेपाल विदेशीको बन्धन, निगरानी र चेपुवाबाट मुक्त हुन सक्ने छैन ।

अर्को तर्फ बौद्धिक, चारित्रीक, राजनीतिक, र कुटनितिक रुपमा कुशल, जिम्मेवार र बलियो केन्द्रिय नेतृत्व नै संघीय व्यवस्थाको अपरिहार्य आवश्यकता भएको हुनाले चरित्रहिन, गैरजिम्मेवार, लापरवाह, विदेशीको एहसान र ॠणमा चुर्लुम्म डुबेका बिकाउ, दलाल नेताहरुको हुलले संघीयता जस्तो विरोधाभाषपूर्ण र अस्त व्यस्त व्यवस्स्थालाई किमार्थ पनि सुरक्षित रुपमा चलाउन, सफल पार्न, र जोगाउन सक्ने छैन ।

सफल, असफल, राम्रो नराम्रो, इमान्दार बेइमान जे जस्तो भएपनि प्रमं ओलीको कार्यकाल नै संघीय गणतन्त्रको उच्चतम अवस्था साबित हुने छ, यो ब्यवस्थालाई अहिलेको भन्दा राम्रो बनाउनसक्ने अर्को नेता कुनै पनि पार्टीमा देखिएको छैन, गणतन्त्रले नेताको भण्डार नै रित्याए पछि राजतन्त्र त जसरी पनि आउने नै भयो नि ।

शाहको फेसबुक वालबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -