-प्रशान्त महासागर
बोलीः हाड नभएको जिब्रोले बोल्ने वाक्य यसमा विवाद पनि हुन्छ सम्वाद पनि । मीठो स्वरमा शब्द गुञ्जन हुन पुगेको खण्डमा त्यो गीत पनि बन्छ । गाली पनि बन्छ । अभिषापसम्म पनि हुन पुग्छ । लिनदिन मिल्ने युगमा त्यो वरदान पनि भएको हामी विभिन्न कथा सुन्छौं । र समय समयको खेलमा त्यो युद्धको निम्ति प्रयाप्त एक साधन पनि बनेको हामी इतिहासबाट जान्दछौं । बुझ्दछौं । र त्यही बोली आधारमा बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन् भन्ने उखान समेतले जीवन पाएको छ । त्यसैले यदि हामी मनुष्य हौं भनी घमण्ड गर्छौं भने सभ्य र शिष्ट भाषालाई बोलीको रुपमा नै प्रयोग गरौं । आपसी जोडको लागि भावना मानौं । र बोलीद्वारा नै शान्तिको वीउ वीजारोपण गर्न पनि सिकौं । यो अनुरोध हो, विरोध होईन् । यस्तोमा विभिन्न उक्ति कथनहरु अगाडि आउन सक्छ । ती मध्ये मैले एउटा कथनलाई लिएको छु कि जनहितमा काम नगर्दा सत्ता उल्टिन्छ( यो प्रचण्डको कथन हो । सँगै आफुले राजा आउँछ भन्दा मलाई दुई जिब्रोवाला पनि भन्न सक्छ प्रचण्डकै अर्को अभिव्यक्तिलाई हामीले आ-आफ्नो कानमा मन्थर गरेका थियौं । तर उसलाई कसैले राजाबादी भनेनन् किन प्रश्नको जवाफ शायद जनयुद्ध हुनसक्छ । १७००० को आलो तातो रगत हुनसक्छ । अफसोच जनयुद्धको वास्तविक मर्म र गन्तव्य भनेकै जनता सबै खाडिमा नेता जति गाडिमा नै हो भने दक्षताहिन कार्यकर्ताहरु थुक चाट्दे रमेका छन् । जस्ले गर्दा सत्ता उल्टिन्छ, राजा आउँछ भन्दै राजालाई उस्काउने अनि फेरि त्यही राजाले केही बोल्दा उसलार्य धम्क्याउने, गणतन्त्र चाहनेलाई उग्र बनाउने र त्यही उग्र भीडको आफु राजा बनी रहने नियतको त्यो कथन, बोली हो ।
हिजो जसरी सर्वहारा वर्गका हामी नेता हौं भनिइयो प्रचण्ड लगायत अन्य नेताहरुले, झापा काण्ड गरे ओलिले तर उद्देश्य उच्च महान रहेपनि त्यसको लक्ष्य र विसर्जन केवल सत्ता नै रह्यो भने शक्ति नै हो सोची सामन्ती वर्गका पिठहरुमा गरिबहरुको बली चढाउँदै शासन शासक रमाए । र देशलाई भागबन्डमा बाँडि खाए । जनताहरुलाई वर्ग संघर्षको आगो झोसेर सुखानुभूति महसुस गरिरहे । जसले गर्दा परिणामहरु दिनानुदिन आफु विरुद्ध आउदै गर्दा जनहितमा काम नगरे सत्ता उल्टिन्छ बोल्न समेत सिके । आफ्नो जीउ ज्यान र सम्पत्तिको रक्षा हुने भए राजा आउदा नि ठीक जस्ता कुराहरु पनि गरे । यस्तो कथनलाई मन्थन गरेर हेर्ने हो भने यो देशमा राजावादी को ? हुन त हिजो उसकै समर्थकहरुले तिमीहरुले गलत महसुस नगरे या आफ्ना गल्तिहरुलाई नसुधारे परिणाम राम्रो हुनेछैन् मात्र भनेको हो । सँगै हिडेकाहरुले ज्यान मार्ने धम्कि मात्र दिएका हुन् । हिजो ज्ञाने चोर देश छोड भन्नेहरुले यसपालिको हैजा गिरिजालाई लैजा पनि भनेकै हो साथै केपि तेरो पाराले दुःख पायो साराले पनि सुनाएकै हो । यो भनेको एउटा अवसर हो मानौं कुनै मौका परिक्षा भन्दा नि हुन्छ । गर्दा नहुने के छ ? एक कुलमान घिसिङ्गले देशलाई हर समय उज्यालो पारे । एक पत्रकारको सही काममा लाखौं भीड जम्मा भए । इतिहास रच्ने युगमा इतिहास बनी जाने सोच त्याग्नुपर्छ । सही गलतको फरक बुझेर स्वार्थ भन्दा माथि उठेर देश र जनताकै लागि मेरो बोली र काम हुनुपर्छ चुनेकाहरुले सोच्नुपर्छ । यहाँ खान त कुकुरले पनि खाएकै छ तर के खाएर भन्ने ज्ञान मनुष्यमा हुनुपर्छ । शायद यो कुरा पनि भनौं बेलाको बोलीलाई पनि सिद्धान्तकै रुपमा हेर्ने हो भने विरोध लाग्न सक्छ । अर्को काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने कथन पनि रम्न सक्छ । त्यो भनेको बोलीले सोचको रुप लिनु हो भने व्यवस्था गलत दिशामा उन्मुख भयो भनेको सारलाई म व्यक्ति नै खराब भनिइयो बुझ्नुले रायाको पहाड देख्ने भाषा विचार मात्र हो । यसको निवारण हामीले आफैभित्रबाट खोज्न सिकिएनन् भने व्यक्ति व्यवस्थाकै त्रुटिको एक हिस्सा बन्न पुग्छ । र बोली फेरेर बाँच्नु पर्ने हुन्छ । भ्रष्टाचार, बलात्कार लगायत अनेक अपराधिक गतिविधि रोक्न नसकेर आफु त्यसकै एउटा उद्गम विचार बिन्दुमा पुग्छ । र त्यस्ता कार्य रोकिनुपर्छ बोल्दा कोही राजाबादी बन्न पुग्छ भने म सदा राजावादी बन्न तयार छु । र मेरो आह्वान यो छ कि सबै राजावादी नै बन्नु तर राजा फालेर राजा बन्ने बोली विचारको दासमा जनताको रगत चुस्ने कार्य कुराहरु नगर्नु जीवनमा आफु मात्र बाँचेर पुग्दैन् अरुको लागि पनि केही कुरा गर्नु छ, बोल्नु छ । साथै आदिवासी, जनजाती र मुलवासी लगायत अन्य अरुहरु आफ्ना कमी कमजोरी बिर्सि सर्वेसर्वा मेरै हुनुपर्छ भन्छन् भने, एकले अर्कोमा दोष मात्र देख्छन् भने सत्ता उल्टिन्छ नै । मेरो यात्रा अर्थात हामी नेपालीहरुको अबको हिडाई लक्ष्य भनेकै जनहितमा समर्पित नहुने सत्तालाई उल्टाउनु नै हो । जनहितमा कुरा नगर्ने वर्ग समुदायलाई निस्तेज गर्नु नै हो । यसमा हामी जनतालाई प्रचण्ड या ओली वा शेरे वा राजाको साथ लगायत अरु नेताको साथ चाहिन्छ, मान्दिनौं । जय देश ।
अन्तमा, राजा आउ देश बचाउ भनेको सार तिमी नेता हुँ भन्नेहरु गलत छौं । बोली संगत व्यवहार छैनौं भनिएको छ । यहाँ राजा खराब भनिएको छैन् । तिमीहरु पनि राजा भयौं । तर राज्य चलाउन जानेनौं भनिएको हो । हजार त भयौ । तर एकको शक्तिमा पनि देखिएनौं । मै खान्छु मै लाउछु भन्ने कुरा बाहेक व्यवस्थाले जनहितमा कुनै परोपकारी काम गरेनौं । तिमीहरुले बोकेको मुद्दा ठीक छ कार्यन्वयन कसरी गर्ने त्यो सम्झिन सकेनौं । यसको अर्थ हजार कुरा भन्ने भन्दा एक कुरालाई गहन पूर्वक निर्वाह गर्ने व्यक्ति हुनु पर्यो, त्यो छवि आफुहरुमा बनाउनु पर्यो भनेको हो । होईन् त्यो बाटो र लक्ष्य संगत कुरा गर्न जानेनौं भने राजावादी सबै बन्छन् नै । त्यसैले बोलेको बोली गोली नै हो फर्केर फेरि आउँदैन् त्यसको उपाय भनेको देखाएको सपना अबको अवस्थामा पूरा गर्ने बाटो लाग्नु नै हो । अन्यथा म पनि राजावादी हुन सक्छु । तर राजा बन्ने कुरा गर्दिन् । यहाँ गणतन्त्रको अर्थ लोकतन्त्रको अर्थ राजा बन्ने गलत हिडाईको लक्ष्य हो व्यवहार संगत भनिएको छ जस्मा जनताको रगत चुस्नै पर्छ । झुठो सत्यहीन कुरा गर्नै भनिएको छ । मेरो अर्थात नेपाली जनताको धरातल त्यस परिवेशको छैन् । र चाहन्न । यो कुरा शासक शासन व्यवस्थाले बुझौं ।
२०७६ भदौ १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित