क्राइमेच प्रतिनिधि/
वीरगंज/५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको र निर्माण कार्य अधुरो हुँदाहुँदै वीरगंज बसपार्कको उद्घाटन गरिएको छ ।
संघीय समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री समेत रहेका उप प्रधानमन्त्री उपेन्द्र यादवले मंगलवार अपूर्ण, अनिर्मित अव्यवस्थित बस पार्कको उद्घाटन गरे ।
ठेकेदारको लापरवाही र वीरगंज महानगरपालिकाको ठिक ढंगले अनुगमन हुन नसक्दा नवनिर्मित बसपार्कमा गुणस्तरहीन कार्य र अधुरो कार्य भएको देखिन्छ ।
ठेकेदार कम्पनीले चार पटक म्याद थपरेर पनि स्टिमेट बमोजिम गुणस्रीय कार्य समयमा निर्माण कार्य सम्पन्न हुन नसक्दा भुक्तानी पाउन नसक्ने भएको छ ।
सन् २०१५ फेब्रुअरीमा १७ करोड ७३ लाखमा टेण्डर सकार गर्ने ठेकेदार कम्पनी आशीष, प्रभु, रोशन जेभीले गरेको थियो ।
नवनिर्मित आधुनिक बसपार्कको भुईंतल्लामा लविङ रुम, प्रतिक्षालय, टिकट काउण्टर, उपचार, खानेपानी, लगेज रुम, आदिको व्यवस्था छ ।
बसपार्कमा ५५ वटा भाडाको सटरक छ । १२४ वटा बस पार्किङ गर्न सकिन्छ । बस पार्कको निर्माण कार्य अधुरो रहेकै अवस्थामा हतार हतारमा उद्घाटन गरिनु उदेकलाग्दो भएको छ ।
२०७६ भदौ १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित