-भरत दाहाल
दासढुंगा हत्याकाण्डको छानबिन गर्न पार्टी आयोग बनाउने माधव नेपाल र सो घटना सुनियोजित हत्या हो भनेर रीपोर्ट बुझाउने केपी ओली। आजसम्म त्यो रीपोर्ट न त माधव नेपालले सार्वजनिक गर्न आदेश दिए न केपी ओलीले नै त्यस्तो माग गरेको सुनियो। हत्याराहरु त्यही रीपोर्टमा सिलबन्द छन्।
दासढुंगा हत्याकाण्डका प्रत्यक्ष पात्र अमर लामालाई लखेटिलखेटी मारेर हत्याको अकाट्य सबुत मेटाउन ठूलै गुन लगाएको माओवादीका महान नेता रामबहादुर थापा गृहमन्त्रिमा बिराजमान छन्। उनको पार्टीको आदेशमा काम फत्ते गर्ने बफादार सुटर कार्यकर्ता अहिले पनि सकृय राजनीतिमा ब्यस्त छन्।
माधव नेपाल, केपी ओली, पुष्पकमल, बाबुराम र रामबहादुरको मनोदशामा विकार आएको होईन भने मदन भण्डारी र जीवराज आश्रीतका हत्याराका छायाँहरु तिनैका वरिपरि घुमिरहेका छन्। एमालेको रीपोर्टमा पनि हत्याराको बास छ, माओवादीको बन्दूकको आवाजमा पनि हत्याराको चित्कार छ।
ओलीको सरकारले हत्याराहरु समात्न छानबिन आयोग बनाएको थाहा भएको छैन तर सुक्ष्म छानबिन भैरहेको छ रे ! यस्तो दूर्गन्धित पार्टी नेतागिरी कति दिन थेग्ने हौ ? माधव नेपाललाई तर्साएर सरकार ढाल्ने र पार्टी कब्जा गर्न भैरहेको तयारीको खतरालाई टार्न यस्तो हत्कण्डा प्रयोग गर्नु पर्ने ?
दासढुंगाका हत्याराहरु सार्वजनिक गर्ने कि नगर्ने भन्ने कुराको फैसला गर्ने ताकत राज्यको मेशीनरीसंग मात्र छ। यसैका मेकानिज्महरुले मदन, जीवराज, राजा वीरेन्द्र, जमीम साह कर्महरु फत्ते गरेका हुन्। त्यहि मेशीनरी र मेशीनरीको डाईरेक्टर ‘रअ’को अपरम्पार कृपामा जागिर खाएर यत्रो नौटंकि ?
(राजनीतिक टिप्पणीकार दाहालको फेसबुकबाट साभार)