कतै बिर्सने रोग त लागेन बाम साथीलाई ?
-डा. अरुणा उप्रेती
बाम साथीहरुलाई जब जब आफू सत्तामा आउनु पर्छ “आम संचारले विकासमा ठूलो योगदान पु¥याउँछ” भनेर भाषण छाट्छन ।
जब उनीहरुले गरेका खराब कामको बारेमा आम संचारले लेख्न थाल्छन्, तब आम संचार बाम पन्थीको आँखाको कसींगर बन्छ ।
कहिले आँखाको नानी, कहिले कसींगर, गजबको छ संसार !
जब जब आम संचारलाई बन्द गर्न खोजेको खबर पढ्छु मलाई एक पाकिस्तानी कविको कविता याद आउँछ “हर सख्स जो तुम्से पहेले तख्त नसी था, उसको भी अपनेका खुदा होनेका इतना ही यकिं था अर्थात तिमी भन्दा पहिला गद्धिमा बसेकालाई पनि आफू भगवान हो भन्ने विश्वास लाग्थ्यो “
वाम पन्थीले जनतामा जागरण / आशा जगाउने गीत, कविता, नृत्य, आदिलाई धेरै प्रयोग गरे । “गाउँ गाउँबाट उठ”भन्ने गीतले अहिले पनि जनतालाई जुरुक्क उचाल्छ । माक्सीम गोकीको “आमा”लार्ई” वामपन्थीहरुले मजदुरको दुर्दशा र वेदना बताउने र जीवनमा आशा जगाउने किताबको रुपमा खुब पढ्छन्, पढाउँछन् । तर यस्तै पढेर सुनेर जब नेपाली जनता सेच्ची नै जागृत भएर गाउँ र शहरबाट आफ्नो बोली निकाल्न थाले, लेख्न थाले वाम साथीले गरेको नकामको बारेमा बोल्न थाले अनि सत्ताामा बसेका बाम लाई ‘रिसले काम ज्वरो’ पो छुट्न थाल्यो । आफू “इदी अमिन” जस्तै भएर सत्तामा बस्न जे गरेपनि हुन्छ भन्ने विचारले र नेपालीहरुलाई भेडा बाख्रा जस्तै मुख थुनेर पिट्न सकिन्छ , भनिदिए नेताले “अब आम संचारलाई अंकुश लगाईन्छ ।“ यस्तो लाग्यो मानौ जिवित ज्ञानेन्द्रको भूत चढेछ । मन्त्री परिषदका मन्त्रीलाई भारतमा ईन्दिरा गाँधीले पनि सन् १९७५ – १९७७ मा इर्मजेन्सी लगाएर आम संचारको मुख बन्द गरेकी थिईन । तानाशाहीहरुको प्रमुख काम नै पत्रकारको हत्या गर्नु, कलम रोक्नु, जिब्रो थुत्नु हुन्छ । त्यही काम अहिले सरकारले गर्न थालेको छ । पत्रकारको लेखनी र मुख थुनेर यदि जनता चुप लागिरहने भए त ‘माघ १९’ पछि ज्ञानेन्द्रको जयजयकार हुन्थ्यो नि बाम साथीहरु ।
सत्ताको मात चढेपछि रक्सी लागे झै भयो कि क्याहो “हामी त सर्वश्रेष्ठ हौं” भन्ने भाव नआएको वाम साथीलाई । तर वाम साथीले के विर्से भने अब त ससांर फेरिई सकेको छ । कतै डिमेन्सिया र अल्जेमेर त भएन साथी ?
यो रोगलागेपछि औषधि त छ नेपालमा पनि । तर यहाँका डाक्टरलाई देखाउन इच्छा नभए अमेरिका र सिंगापुर जाने कि ?
(डा. उप्रेतीको फेसबुक वालबाट साभार)