Friday, January 10, 2025
घरसमाचारहजारौंको सहभागितामा कलश यात्रा निकाल्दै अश्वमेघ गायत्री महायज्ञ शुरु

हजारौंको सहभागितामा कलश यात्रा निकाल्दै अश्वमेघ गायत्री महायज्ञ शुरु

वीरगंज,१९ फागुन ।
लाखौको अपेक्षा रहेको नेपालमा पहिलो चोटी हुने अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा आइतवारदेखि वीरगंजमा शुरु भएको छ ।
आदर्शनगर खेलमैदानमा दुलहीझै टेन्ट पण्डाल भित्र मनमोहन मञ्च,हवनकुण्ड तथा बन्दावस्तीको तयारीगरी महायज्ञ शुभारम्भ भएको हो । महायज्ञको उद्घाटन अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाैड्याले झण्डोतलन गरी महायज्ञको उदघाटन गरेका थिए । नेपालकी  राष्ट्रपति विद्यादेवी भण्डारी माैसम प्रतिकूलताको कारण देखाउँदै अनुपस्थित भएपछि उनले उदघाटन गरेका हुन् ।
राष्ट्रपतिले शुभकामना सन्देश पठाउदै महायज्ञको सफलताको कामना गरेकी छन् । उनले पठाएको सन्देश पत्रमा देश समृद्ध तथा सुखी गर्न नेपाल सरकारले बोकेको समृद्ध नेपाल सुखी नेपालको नारालाई यस महायज्ञले सार्थक तुल्याउने विश्वास व्यक्त गरेकी छन् । पाड्याले यो महायज्ञले नेपाल–भारतकाको विकासमा टेवा पुर्याउने छ, साथै, नेपाल भारतको युवाहरुमा भएको जोशलाई सार्थक रुपमा देश विकासको बाटोमा डोर्याउनको लागि धर्म र सस्कारको एकदमै ठुलो महत्व पनि रहेको उनले औल्याए ।

नेपाल गायत्री परिवार द्वारा नेपालमा पहिलो पटक र विश्वमा ४६ औं पटक शुरु भएको महायज्ञमा चार दिनमा लाखौ श्रद्धालु भक्तजन आउने विश्वास गरिएको छ । महायज्ञ आयोजन मुल समारोहका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल आर्थिक रुपमा विदेशी शक्तिहरुसंग कमजोर भएतापनि धर्म र संस्कृतिको हिसाबले धनी रहेको भन्दै धर्मको जर्गेनाको लागि वीरगंजमा यस्तो विशाल महायज्ञ आयोजना गरेको बताए ।उनले गायत्री महायज्ञले मानिसको चरित्र कस्तो हुनु पर्ने अध्यात्मिक ज्ञान दिने भएकोले यसमा सहभागी भएर पूण्यको भागी बन्न उनले देश विदेशका नागरिकसंग आग्रह गरेका थिए ।
आइतवारदेखि ४ दिन सम्म वीरगंजमा अब ज्ञान बहने तथा आहुती हुने कुराले सम्पूर्ण ब्रहमाण्डलाई शुद्धि पाने उनले दाबी गरे ।
मुल समितिका संयोजक विजय कुमार सरावगीले तीन वर्ष पहिले वीरगंजमा वचन गरे तापनि आफु मेयर भएपछि सबै नगरवासीको सहयोगको कारण यो कार्य सफल भएको बताए थिए । विहान ९ बजे देखि कलश यात्र शुरु भएको थियो ।
कलश यात्रमा डा. महतो,मेयर सरवागी,प्रदेश सासद ओमप्रकाश शर्मा,वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, पुर्व अधयक्ष प्रदिप केडिया, ग्रीनसिटी वीरगंजका उपाध्यक्ष मुरली जलानलगायतको टोली भर्जनकिर्तसहित लाइन लागेर घण्टाघरबाट कलश यात्रा महायज्ञ स्थलको लागि प्रस्थान गरेका थिए ।घण्टाघरबाट आदर्शनगर चोक हुदै महायज्ञ स्थलमा पुगेको थियो ।
आ–आफनो घरबाट कलशमा जल,अक्षत,फूल र जौ लिएर टाउकोमा कलश लिएर सहभागी भएका थिए ।कलश यात्रामा हजारौ सहभागी भएका थिए । महायज्ञ उद्घाटनको अवसरमा देव सस्कृति विश्वविद्यालका कलाकारहरुले अध्याम्तिक तथा योगाशनको कलात्मक प्रस्तुति पेश गरेका थिए ।महायज्ञको क्रममा अपरान्ह ४ बजे देखि धार्मिक गुरुबाट प्रवचन तथा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम गरेका छन् ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -