एसिया प्यासिफिक समिट २०१८ नेपाल र नेपालीकालागि अभिशाप
– सुदर्शनराज पाण्डे
मंसिर १५ गतेदेखि काठमाण्डौस्थित ह्यात होटेलमा आयोजनक युनिभर्सल पिस फेडरेसन र सह आयोजक नेपाल सरकार रहेको तीन दिने एसिया प्यासिफिक समिट २०१८ हालै सम्पन्न भएको छ । यो कार्यक्रम गैससको हो भने कार्यक्रम संचालनकालागि आवश्यक बजेट नेपाल सरकारको हो । सरकारले यस समिटमा झण्डै ५० करोड बजेट खर्च गरेको छ । यस एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्च की प्रमुख हक जा हन, म्यानमारकी नेतृ आङ साङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन लगायत ७ वटा राष्ट्रका सरकार प्रमुख, उप प्रमुख, ५ प्रथम महिला, १० पूर्व राष्ट्रप्रमुख/सरकार प्रमुख, एक वर्तमान उप प्रधानमन्त्री, ७ मन्त्री, ५ संसदका सभामुख तथा उपसभामुख गरी ४५ देशका १५ सय अतिथि आएका छन् । युपिएफ राष्ट्र संघमा आवद्ध संस्था हो, शान्ति प्रवद्र्धन गर्ने यसको उद्देश्य छ । संस्थाको नेपाल च्याप्टरका अध्यक्ष एकराज ढकाल र महासचिव विनोद डांगी छन् ।
युनिभर्सल पिस फेडरेसन विशुद्ध क्रिश्चियन धर्म प्रचारक संस्था हो । यसले नेपालमा क्रिश्चियन धर्म परवर्तन अभियानकालागि डलरको खोला नै बगाईरहेको छ । एसिया प्यासिफिक समिट २०१८ को संयोजक पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका छन् । यस समिटको प्रमुख उद्देश्य नेपालमा कम्युनिष्ट आन्दोलन र हिन्दू धर्म समाप्त गर्ने रहेको छ । संसदमा दुई तिहाई बहुमतको तथाकथित बाम सरकार रहेको बेला सरकार सह संयोजक रहेर गरिएको एसिया प्यासिफिक समिट २०१८ नेपाल र नेपालीकालागि अभिशाप हो । ‘विनाशकाले विपरित वुद्धि’ भएको बाम सरकारको पतन एसिया समिट समापनपछि निश्चित छ । यस समिटले क्रिश्चियन धर्मावलम्बीहरूको मनोबल बढाउनुका साथै धार्मिक द्वन्द्वको विजारोपण गरेको छ । सरकार र संशोधनवादी वामपार्टीले जानाजानी आफ्नो खुट्टामा आफैं वञ्चरो चलाई सिंगो देशमा धार्मिक डढेलो लगाउन कम्मर कसेको छ । यो विडम्बनापूर्ण लज्जास्पद हर्कतको देशव्यापी विरोध भइरहेको छ ।
सरकारले भने यो समिट देशमा फासीकरण र इसाइकरणको वलियो अभ्यास सावित भएको मान्न सक्दछ । सम्पूर्ण देशभक्त नेपालीले ठोस रुपमा के बुझ्नु पर्दछ भने यो समिटले बाह्य हस्तक्षेप र धार्मिक द्वन्द्वको संरक्षण गर्नेछ । नेपालकै इतिहासमा राष्ट्रियताकोलागि २०७५ मंरि १५ गते (२ डिसेम्बर २०१८) शनिवारका दिन ‘कालो दिन’ हुनेछ । यो दिनले नेपाल र नेपालीका बीचमा अनिष्ट र संकट अवश्य ल्याउने छ । क्रिश्चियन र पश्चिमा राष्ट्रको अस्वभाविक हस्तक्षेप नेपालमा बढ्नाले दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनले अब ओली सरकारलाई सहयोग र समर्थन गर्ने दिन समाप्त भएको छ ।
नेपाल र नेपालीमाथि गलत हर्कत गर्दै आइरहेका नेपालका वर्तमान शासक, प्रशासकहरूका विरुद्ध देशभक्तिपूर्वक बलिदानीपूर्ण संघर्ष गर्नु बाहेक अर्को विकल्प छैन । देशभक्तिपूर्ण आन्दोलनमा भीषण शक्ति हुन्छ, त्यसले मात्र धार्मिक अपराधी, राष्ट्रघाती पापी नेपालका वर्तमान शासक, प्रशासकको समूल सधैंकालागि नष्ट गदर्लछ । सफलतापूर्वक ऐतिहाकि रुपमा सम्पन्न मानिएको चर्चको प्रशंसा, हान (म्याडम मुन)को सम्मान र प्रधानमन्त्री के.पी. ओली, उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पत्तिलाई युनिफिकेसन चर्च की प्रमुख हनले आर्शीवाद दिएकी छिन् । हिन्दू राष्ट्रका हिन्दूवादी आशिर्वाद लिएर रातारात क्रिश्चियन बनेका छन् । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषित गरी क्रिश्चियन धर्म परिवर्तन अभियान संचालनको प्रमुख उद्देश्य यही देखियो ।
प्रधानमन्त्री केपी ओलले उद्घाटन गरेको एसिया प्यासिफिक समिटमा सबै वक्ताहरूले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरे ।
धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सह आयोजक हुनु नै दु:खद हो । यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ । त्यसैले हामीले यस समिटमा भाग लिएनौं । आफूहरू सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको नेपाली काँग्रेस पार्टीका सह महामन्त्री प्रकाश हरण महतले बताएका छन् । हिन्दूवादी सम्पूर्ण नेपालीले काँग्रेसको निर्णयको प्रशंसा गरेका छन् भने यस समिटमा सरिक वामपंथी पार्टीका नेतामरूलाई दुत्कारीरहेका छन् । समिटको नकारात्मक प्रभाव र परिणाम अब नेपाली माटोमा छिट्टै नै देखा पर्ने छ ।
उद्घाटन समारोहका वक्ता भारतीय जनता पाटीृका नेता विजय जोलीले ‘हकको अनुहारको कान्ति हेर्नुस्, कस्तो चमक छ, उहाँ साक्षात शान्तिका दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ । एकपटक हामी सबै उहाँको सम्मानमा उठौं भनेपछि उद्घाटन सत्रका सहभागी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत दर्जनौं मेयर, उप मेयर, मन्त्रालयका सचिव, ५० देशका १५ सय सहभागी आफूलाई इश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’को अघिल्तिर उठेर शीर निहुराएका थिए ।
सो समिटको उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री ओलीले ‘गोलीमाथिको साार्वेच्चता कायम गर्यौं भन्दै विविधतापूर्वक समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाहिरी द्वन्द्व सफलतापूर्वक समाधान गर्न सकिनेछ । हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सम्पूर्ण अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र आ हामीले राजनीतिक रुपमा थप संघर्ष गर्नु पर्दैन । यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ । नेपालले समानता, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कुटनीति संचालन गरेको, राजनीति संक्रमण पार भई महत्वपूर्ण उपलब्धी हासिल भएको भनेका थिए । भनाई र गराईमा एकरुपता नभएको, अवसरवादी, छेपारे प्रवृत्तिका ओली नेपालको इतिहासमा प्रमुख राष्ट्रघाती व्यक्ति भन्ने पक्षमा उचिन पुगेका छन् । प्रधानमन्त्री ओलीको खरब प्रवृत्ति र गलत कार्यशैलीले देशभक्त नेपालीलाई थप चुनौती दिएको छ । एसिया प्रशान्त शिखर सम्मेलन (क्रिश्चियन सम्मेलन) नेपालका सम्पूर्ण राष्ट्रवादी शक्तिहरूकालागि गलत कुराको भण्डाफोर गर्ने चुनौती र अवसर हो ।
राष्ट्रघातीहरू अब सबै निर्वस्त्र भएका छन् । नाङ्गेझार भएका नेपालका छद्मभेषी व्यक्ति, तत्व र शक्तिहरूलाई अब नेपालीहरूले ठेगाना लगाउन मात्र बाँकी छ । गलत तत्वहरूलाई ठेगाना लगाउनु समयको माग हो । यसकालागि नेपाली राष्ट्रवादी शक्तिहरू सक्षम छन् । नेपाली माटोको प्रतापले नेपालीहरूको राष्ट्रवादी आन्दोलन सफल हुनेछ, त्यतिखेर क्रिश्चियन प्लेटफार्ममा रमाउने नेपालका पार्टी नेता, उच्च पदस्थ कर्मचारीले ठूलो पश्चाताप गर्नुपर्ने छ । संसारले धिक्कार्ने छ, प्राय:श्चितको समेत मौका पाउने छैनन् । उनीहरूको सर्वनाश र सत्यानाश अवश्यंभावी छ । एसिया प्रान्त शिखर सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था र नेपालको संविधान २०७२ माथि नै संकट उत्पन्न गरेको छ । फाँसीवादी कार्यशैली अपनाउँदै हिंडेको केपी नेतृत्वको सरकार अब छिट्टै पतन हुने प्रवल संभावना देखा परेको छ ।
उद्घाटन सत्रमा संवोधनको क्रममा समिट आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (युपिएफ)का अन्तर्राष्ट्रिय अध्यक्ष थोमस वाल्सले नेपाल सरकार सम्मेलनको एक साझेदार भएको र सरकार मात्रै नभएर एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) पनि सम्मेलनको साझेदार भएको भनेकाले यस सम्मेलनभित्र थुप्रै रहश्य, षडयन्त्र र लुकेको सत्य रहेको छ भन्न सकिन्छ ।
हान (म्याडम मुन)ले त्यस सम्मेलनमा सम्बोधन गर्दै ‘परमेश्वर (येशु, क्राइष्ट)माथि विश्वास गर, मैले भनेको मान, कसैले दु:ख पाउने छैन । अम म यो भूमि लगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई इश्वरका प्यारा सन्तान घोषणा गर्दछु’ भनेकी थिईन् । यो भनाईको ठीक उल्टो प्रशान्त क्षेत्र अब आउँदा दिनहरूमा क्रान्ति र द्वन्द्वको क्षेत्र हुने डरलाग्दो संभावना छ । सन् १९९३ पछि विश्व्मा विभिन्न खालका हिंसा बढेको र त्यसको एकमात्र कारण बाइबलको आज्ञा उल्लंघन भएको, मानिसहरूमा इश्वरप्रति विश्वास घट्दै गएको, त्यसलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गर्ने श्रीमति हान (म्याडम मुन)को भनाईमा सत्यता छ, सानो बालकले पनि अनुमान लगाउन सकिन्छ । यो मूर्खहरूकोमात्र संसार होइन, यहाँ सत्यवादी, वुद्धिजीवीहरू, चेतनशील नागरिकहरू असंख्य छन् । म्याडम मुन हामी सबककी एकमात्र आमा हुनुहुन्छ भन्ने पूर्व प्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधव कुमार नेपाल, प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईको भनाई ‘धेरै देशका मानिस नेपाल आउनु र यति ठूलो कार्यक्रम हुनु नेपालकालािग अवसर हो । भारतीय जनता पार्टीका नेता जोलीको सन् १९५४ मा चर्च स्थापना गर्ने पवित्र पिता तथा हानका श्रीमान सन्म्यङ मुन २०१२मा बितेको भए पनि उहाँको पवित्र आत्मा आफूहरू माझ नै भएकाले पिता मुन पनि जीवितै छन् भन्ने भनाईमा के नेपालीहरू सहमत हुन सक्छन् । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि क्रिश्चियन धर्म परिवर्तन अभियान अन्तर्गत दिन गुनी, रात चौगुनीका दरले वृद्धि भई नेपालमा क्रिश्चियनको संख्या ५४ लाख पुगेपनि नेपालको कूल जनसंख्या क्रिश्चियन सम्मेलन भएकोमा अति दु:खित र आक्रोशित छन् । ओली सरकारसँग अति असन्तुष्ट भएका छन् । पश्चिमा राष्ट्रहरूले नेपालका धार्मिक र जातीय द्वन्द्व भडकाउन हर तरहको प्रयास गरिरहेका छन् । नेपालमा क्रिश्चियन सम्मेलन गराएर सरकारले ठूलो दुस्साहस मात्र गरेको होइन, गम्भीर प्रकृतिको राष्ट्रिय अपराध, दीर्घकालीन प्रभाव पार्ने राष्ट्रघात समेत गरेको छ । यो सम्मेलन नेपालीकालागि खुशी होइन निन्दनीय र भत्सर्नायोग्य रहेको छ । वर्तमान नेपालका युवाहरू पश्चिमा राष्ट्रहरूको कुत्सित चालको विरुद्ध धर्मयुद्धमा होमिनु पर्दछ तब मात्र के सत्य, के असत्य प्रकट हुन्छ । देवभूमि नेपालमा धर्म युद्धले सजिलैसँग विजय हालि गर्न सक्दछन् ।
बाइबल इश्वरको बचन होइन, इश्वरको वचन ऊँ र वेद हो । मानव कल्याण र विश्व कल्याण गर्ने आखिरमा सनातन धर्म नै हो । सनातन धर्म, संस्कृति र प्राचीन सभ्यताको संरक्षण र संवद्र्धन हिन्दू धर्म दर्शन, पूर्वीय दर्शनले मात्र सक्दछ । धर्म प्रतिस्पर्धा गर्ने विषय होइन । एकमात्र सत्य मानव धर्म, सृष्टि, स्थिति र संहारकर्ता हिन्दू धर्म नै हो । यो युग सापेक्ष धर्म हो । हिन्दू राष्ट्र नेपाललाई पुनस्र्थापना गर्नु समयको माग र बाध्यता हो । धर्म युद्धले हिन्दू दर्शन, संस्कृति र सभ्यताको सुनिश्चित गर्दछ र विधर्मीको विनास गर्दैछ । धर्मका रक्षा गर्यो भने मात्र धर्मले हाम्रो रक्षा गर्दछ । छेपारे नेता प्रचण्ड र खतरनाक अवसरवादी केपी ओली बेइमान, राष्ट्रघाती सावित भएकाले उनीहरूमाथि विश्वास र भरोसा गर्ने अवस्था अब रहेन । उनीहरूलाई सहयोग र समर्थन गर्नु भनेको नेपाल र नेपालीको बचेखुचेको अस्तित्व मेटाउनु, दु:ख र अशानित निम्त्यिाउनु हो । विदेशी स्वार्थको रक्षा गर्दैै आएका ओली र दाहालका कारण पछिल्ला दिनहरूमा नेपालमा विदेशी हस्तक्षेप र चलखेल आश्चर्यलाग्दो र अस्वभाविक ढंगले बढेको हो । यसलाई अन्त्य गर्न केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वलाई समाप्त पार्नु बाहेक अर्को विकल्प तत्काललाई छैन । विश्वासघाती, जनघाती, राष्ट्रघातीको अन्त्य गर्नु नै धर्म युद्धको उद्देश्य हो । होइन भने नेपालभूमिबाट तेश्रो विश्व युद्ध हुने पर्खाईमा बसे हुन्छ ।
चीन र भारतले नेपाल भूमि आफ्नो स्वार्थको विरुद्ध प्रयोग भएको हेरेर बस्ने धैर्य गर्न सक्दैन । दलाल नेताहरू कति खतरा र कुरुप हुँदा रहेछन् भन्ने कुरा अब सम्पूर्ण देशभक्त नेपालीहरूले बुझिसकेका छन् । सत्यले हार्दैन, सत्यलाई लुकाउन पनि सकिंदैन । सत्य र न्यायको पक्षमा देशभक्तिपूर्ण जनआन्दोलन भएपछि राष्ट्रघातीहरू राजनीतिबाट दूधको तर खान बसेको झिंगालाई फालेजस्तै गरी फालिन्छन् । यो कटु सत्यो हो । समय बलवान हुन्छ । समयको माग भएपछि यस्ता समस्या र द्वन्द्व स्वत: हल हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था असफल र कमजोर भएकै कारण नेपालमा राष्ट्रघाती सम्मेलन सम्पन्न हुन पुग्यो । यो नेपाल र नेपालीकालागि अति दूर्भाग्यपूर्ण घटना हो । वर्तमान घृणित राजनीति र कुटनीति गर्दै आइरहेका सत्तासीनहरूलाई समाप्त पार्न पूर्व राजा ज्ञानेन्द्र र विप्लव नेतृत्वको नेकपाले आ–आफ्ना ढंगले जन आन्दोलन चर्काएर कडा चुनौती दिइरहेका छन् । नेपालको स्वाधीनता र नेपालीको स्वाभिमान रक्षाकालागि नेपालीहरूले राजनीतिक विकल्प खोजिरहेका छन् । राजनीतिक दूर्घटना निश्चित छ, अब यो टारेर टर्न सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रले अकालमै, अल्पायुमै मृत्युवरण गरीसकेको छ । पश्चिमाहरूको कठपुतली, क्रिश्चियनहरूको ऐजेण्ट ओली एण्ड दाहाल कम्पनी सरकार छिटो भन्दा छिटो गल्र्याम्म गुर्लुम्म ढल्ने छ । राम राम राम भन्ने कोही हुने छैन । क्रिश्चियन परमेश्वरे पनि जति गरेपनि बचाउन सक्दैन । ओली सरकारले आखिरमा भोग्नुपर्ने नियति यहि नै हो ।
को हुन् जा हान् ?
हक जा हान मुन सन् १९५४ मा युनिफिकेन चर्च स्थापना गर्ने दक्षिण कोरियाली धार्मिक नेता सनम्युङ मुनकी पत्नी हुन् । सन् २०१२ मा म्युङ बितेपछि हानले चर्चको गतिविधिलाई विश्वव्यापी रुपमा अघि बढाईरहेकी छिन् । मुनले आफू ४० वर्षको छँदा १७ वर्षीय हानलाई सन् १९६३ मा विवाह गरेका थिए । उनीहरूबाट १४ वटा सन्तान जन्मिएकामा १० वटा जीवित छन् । विश्वमा विभिन्न खालका हिां बढेको भन्दै त्यसलाई रोक्न आफू पृथ्वीमा आएको उनले दाबी गर्दै आएकी छिन् । उनी यस विश्वकै आमा हुन् अरे । नेपालमा हिन्दू राष्ट्र विलय गराएर क्रिश्चियन राष्ट्र बनाउन वर्तमान सरकारका हिमायतीहरू टुपी देखिको लगाएर लागिपरेको देखियो । आसुरी दानवी पापी शक्ति र सत्यवादी धार्मिक शक्तिबीच लडाई चलिरहेकै हुन्छ । बाइबलको उल्लंघन गरेकोले विश्वमा शान्ति हराएको, जलवायु परिवर्तन भएको होइन, चार वेदका नियम उल्लंघन हुँदै गएकाले विश्वमै महाप्रलय भने अवश्य हुन लागेको हो ।
जहाँ जहाँ बाइवलादी छन् त्यहाँ महाप्रलय भएको र ठूलो जनधनको क्षति भएको पाइन्छ । चरम विकास, अत्याधुनिक विकाससँगै इश्वरको विनास लिला पनि मिम्तिएको छ । राजनीीतवाद, वाइवलवादले इश्वरको लीलालाई रोक्न सक्दैन । सनातन धर्म र हिन्दू दर्शनले विनास लिलाको वर्णन गरेकै छ । भौतिकवाद र अध्यात्मवादको तादम्यता विना यो संसारको कल्याण छैन । विश्व्लाई अनिष्ट र संकटबाट रोक्ने एउटै अत्र ॐ मन्त्रोच्चरण हो । बाइवलको जति प्रचार गरेपनि वेद सधैं व्यापक छ । वेदलाई वैज्ञानिकहरूले पनि मानेका छन् ।
सन् २०१२ मा चर्चका संस्थापक मुनको मृत्यु भएपछि बेलयती पत्रिका द गार्जीयनले एक आलेखमा मुन दम्पत्ति विश्वका करोडौं मानिसलाई दिग्भ्रमित पारी तिलनाई सामुहिक आत्महत्याकालागि समेत राजी गर्न सफल भएको उल्लेख छ । आस्था र धर्मको दोहन गरेर धार्मिक साम्राज्य खडा गरेको मुन दम्पत्तिको विश्वभरका संचारमाध्यमहरू असंख्य आलोचना भएका छन् । तैपनि युनिफिकेसन चर्च र युपिएफले विभिन्न देशमा त्यहाँका सरकार/राष्ट्रप्रमुख र उच्च ओहदाका अधिकारीलाई प्रभावमा पारी आफ्नो प्रभुत्व बढाईरहेका छन् । सन् २००५ मा काठमाण्डौ विश्वविद्यालयका तत्कालीन उप कुलपति डा. सुरेशराज शर्माको अध्यक्षतामा गठन भएको युपिएफको नेपाल शाखाले सन् २०१३बाट एकनात ढकालको पालासम्म आइपुग्दा नेपालका प्रधानमन्त्री, सभामुख, मन्त्री, व्यापारी, संचारकर्मीलगायत प्रभावशालीहरूलाई कोरिया घुमाउने र विभिन्न मान सम्मान गर्ने गरेको छ । यसै चर्च अन्तर्गत १० हजार भन्दा बढी नेपाली र विदेशी धर्म प्रचारक पेड भोलियण्टर नेपलमा कार्यरत छन् । क्रिश्चियन धर्म प्रचारका लागि नेपाल दक्षिण एसियाको हेड क्वार्टर हो ।
(क्राइम चेक साप्ताहिकमा २०७५ मंसिर २० गते प्रकाशित)