Friday, January 10, 2025
घरक्राइम चेकनेपालमा अकाल मृत्यु बढ्दो

नेपालमा अकाल मृत्यु बढ्दो

क्राइमचेक प्रतिनिधि/
वीरगंज/प्रकृतिक विपत्ति, असावधानी, सडक दुर्घटना, औषधि उपचारको उचित अवसर नपाउँदा अकालमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

प्रत्येक वर्षको वर्षात महिनामा चट्याङ, बाढी, पहिरो, डुबानमा परेर देशका विभिन्न भागमा अकाल मृत्यु हुने गरेको छ । रुखबाट खसेर, भीरबाट खसेर, कल कारखानामा परेर, करेन्ट लागेर हिंसा मृत्यु पनि घटन सकेको छैन । कुटपिट, झगडाबाट मानिसको मृत्यु हुने गरेको छ । सुत्केरी महिला र नवजात शिशुको मृत्यु हुने गरेको छ । अपराधीहरूको गोलीबाट पनि हत्या हुने गरेको छ । वैदेशिक रोजगारीमा जानेहरूको पनि मृत्यु दर बढिरहेको छ । बालबालिका कुपोषणको शिकार भईरहेका छन् ।

घरेलु हिंसाबाट पीडित हुने महिलाहरूको संख्या बढ्दो छ । डिप्रेसनको शिकार भई आत्महत्या गर्नेको संख्या पनि उल्लेख्य छ । लागु पदार्थको दूव्र्यसनी र कारोबार पनि बढिरहेको छ । सवारी दूर्घटनामा परी अकालमा मर्नेको संख्या पनि बढ्दो छ । रक्सीको बढ्दो सेवनले मर्नेको संख्या पनि बढ्दै गएको छ । देशमा द्वन्द्व बढ्दै जाने संभावना छ । द्वन्द्वमा परी मर्नेको संख्या अकल्पनीय हुन सक्दछ । नेपाल प्राकृतिक जोखिम र दैवी विपत्तिको थलो हो । यसले अकालमा मृत्यु हुनेको संख्या बढाउन सक्दछ ।

२०७५ जेठ २४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -