Friday, January 10, 2025
घरक्राइम चेकसशस्त्र प्रहरी पनि शंकाको घेरामा, उम्किने प्रयास गर्दै

सशस्त्र प्रहरी पनि शंकाको घेरामा, उम्किने प्रयास गर्दै

क्राइमचेक प्रतिनिधि/
वीरगंज/नेपालबाट भारततर्फ जाने होस् वा भारतबाट नेपालतर्फ आउने मालवाहक सवारी वा कुनै खाली भारतीय गाडी भन्सार गेट पार हुनु अगाडि नै भन्सारका कर्मचारी र त्यहाँ तैनाथ ठूलो संख्याका सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने गरेका छन् । तर मरिच बोकेको भारतीय नम्बर सो ट्रक कसरी भन्सार पार गर्‍यो ? सर्वत्र चासो र कौतुहलता छ ।

(हेर्नस् समाचार http://chandrasuryawani.com/2018/06/07/696/ )

सशस्त्र प्रहरी र भंसार कर्मचारीले भंसारको मुल गेटमा नै सुक्ष्म तरिकाले चेक जांच गरी पठाउने/भित्रउने गरिरहेको अवस्थामा १० चक्के ट्रकमा अवैध लोड गरी लगिरहेको मरीचमाथि ध्यान नजानुले भंसारका सशस्त्र प्रहरी र भंसारका कर्मचारीहरुको मिलेमतोमा तस्करी भईरहेको स्पष्ट हुन आउँछ ।

भारतमा मरिच महंगो भएकै कारण दिनहुँ मरीच वीरगंज भंसारको मुल गेटबाटै सशस्त्र र भंसार कर्मचारीको मिली भगतमा तस्करी हुने गरेको यसै घटनाले पुष्टि गरेको छ । यति मात्र नभई भारतबाट दिनहुँ विहान आउने भारतीय आँप, तरकारी, लिची, फलफुल तथा पोके तस्करहरुबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र भंसारका कर्मचारीहरुले अवैध रकम असुल्ने गरेको जो कोहीले पनि हेर्न सक्छन् ।

२०७५ जेठ २४ गते विहीबार क्राइमचेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -