Wednesday, November 27, 2024
घरसमाचारअर्थवाणीपहाडी जिल्लामा ढिलो गरी मकै छरिंदै

पहाडी जिल्लामा ढिलो गरी मकै छरिंदै

क्राइमचेक प्रतिनिधि/
काठमाण्डौ/कृषि प्रधान देश नेपालको दोश्रो मूख्यबाली मकै ढिलोगरी छरिंदै छ । काठमाण्डौ उपत्यका वरपरका पहाडी क्षेत्रमा यसपाली हिउंद महिनामा वर्षात भएन । माघे झरी पनि परेन । पागुनको अन्तिम हप्तातिर मकै बाली लगाउन गर्न मिल्नेगरी वर्षात हुन्थ्यो त्यो पनि भएन । अहिलेसम्म मर्कै छर्ने बारी बाँझै छ । भारतीय प्रधानमन्त्री आउनु अघि र गएपछि पहाडी जिल्लामा घनघोर वर्षा, ठूलो आँधीबेहरी र असिना पर्‍यो । यसले फलफूल, तरकारी र गहुँको क्षति पनि गर्‍यो ।

फागुन महिनामा स्यारसुर वर्षा भयो तर माटो गलेन । मकै छर्नकालागि आकासे पानी नपरेका कारण भैत्र महिनामा छरिने मकै हिजोआज धमाधम छरिंदै छ । जलवायउु परिवर्तनको असर र प्रभाव नेपालमा परिसकेको छ । जलवायु परिवर्तनका कारण किसानले खेतीवारीमा लगाएको अन्नवालीको उत्पादन बढ्नुपर्नेमा घट्दै गएको छ । कृषिमा गरेको लगानीको प्रतिफल आउन छोडेपछि किसानहरूले खेतीलाई प्राथमिकतामा राख्न छाडेका छन् ।

मकैबालीसँगै बारीमा भटमास, सिमी, बोडी, भस्याङ, फर्सी, घिरौला, पिंडालु, काँक्रो, आदि पनि लगाईन्छ । यसपाली ण्लिोगरी पानी परेको र ढिलोगरी मकै छरेकाले हरियाली पनि देखिंदैन । पहाड उजाड देखिएको छ । गाईवस्तु वाख्राले खाने घाँस पनि पलाएको छैन ।मकै गोड्नुपर्ने बेलामा कृषकहरूले मकै छर्दै गरेकाले आगामी दिनमा मकै बाली राम्रो भएर उत्पादन बढ्ने देखिंदैन । मकैबालीमा पनि रोगको प्रकोप बढ्दै गएको छ । नेपालको बारीमा लगाईने मकैको सिंचाईका लागि आकासे पानी कै भर पर्नुपर्दछ ।

(२०७५ जेठ २४ गते क्राइमचेक साप्ताहिकमा प्रकाशित)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -