Tuesday, November 26, 2024
घरसमाचारविश्व वातावरण दिवसमा वृक्षरोपण

विश्व वातावरण दिवसमा वृक्षरोपण

वीरगंज, २१ जेठ ।
वीरगंजलाई सफा, सुन्दर हरियो र व्यवस्थित नगर बनाउने उद्देश्यका साथ दुई वर्ष अघि स्थापित ग्रीन सिटी आदर्शनगर वीरगंजले मंगलवार जेठ २२ गते, विश्व वातावरण दिवसको अवसरमा राष्ट्र बैंक चोक आदर्शनगरदेखि चौरसिया भवनसम्म सातौं चरणको वृक्षरोपण गर्न गई रहेको जानकारी ग्रीन सिटीका प्रवक्ता मुकेश खेतानले दिनु भयो ।

प्रवक्ता खेतानले दुई वर्षको समयावधिमा “आफ्नो शहर आफै बनाऊ, जाऊ मिलेर वीरगंजलाई स्वच्छ, सुन्दर र हरियो बनाऊ” भन्ने नाराका साथ आदर्शनगरका विभिन्न ठाउँहरुमा ६ चरणमा वृक्षरोपण गरी सकेको बताए । उनले भने, “हामीहरुले वृक्षरोपणको साथ साथै त्यसको नियमित साजसज्जा, संरक्षण र संवद्र्धन पनि गर्दै आएका छौं, जसले सो क्षेत्रको सुन्दरता थपिएको छ भने वातावरण हरिततर्फ उन्मूख भएको छ ।”

सिंगो वीरगंजलाई नै पूर्ण हरित नगर बनाउने सपना लिएको ग्रीन सिटी आदर्शनगरले सीमित साधन र स्रोतहरुको कारणले चाहना अनुरूप काम गर्न नसकेको प्रवक्ता खेतानले बताए । उनले यसका लागि सबैले आ–आफ्नो टोलमा अगाडि आउनुको लागि पनि अनुरोध गरे ।

वीरगंज बनाउने अभियान हो कुनै व्यक्तिगत कार्य होइन । मंगलवार विहान ७:०० बजे राष्ट्र बैंक चोक आदर्श नगरमा हुन् गई रहेको उक्त वृक्षरोपण कार्यमा सम्पूर्ण नगरवासीहरुलाई एउटा छाता मुनि आई प्रकृति जगेर्नाको यस अभियानमा सहयात्री भई दिनु हुन अनुरोध समेत गर्नु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -