वीरगंज, १४ जेठ ।
मानवअधिकार रक्षकहरुको एक भेलाले सामाजिक अभियन्ता प्रकाश थारुको संयोजकत्वमा पर्सा जिल्ला स्तरीय संजाल गठन गरिएको छ ।
वीरगंजस्थित कुमु प्यालेस होटलमा थर्ड एलायन्सका मानवअधिकार अधिकृत ओमप्रकाश गिरीको अध्यक्षतामा बसेको बैठकले प्रकाश थारुको संयोजनमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
संजालको सहसंयोजकको जिम्मेवारी विमला गुप्तालाई दिइएको छ भने सल्लाहकार सदस्यहरुमा केसी लामिछाने, निला राम, शिवनाथ यादव, अजय चौरसिया, श्रवण साह, सुनिल कुमार कलवार, लक्ष्मी उप्रेती, मखदुम जहाँ गस्त, विनेश पटेल, सरोज चौरसिया लगायत रहेका छन ।
संजालले मानवअधिकारका क्षेत्रमा विगत लामो समयदेखि विभिन्न जिल्लामा कार्य गर्दै आउने क्रममा पर्सा जिल्लामा पछिल्लो पटक विस्तार गरिएको थर्ड एलायन्सका मानवअधिकार अधिकृत ओम प्रकाश गिरीले जानकारि गराउनु भयो ।