-तेजप्रसाद अधिकारी
एक जना सनातनी धर्मालम्बी रहेछन। निकै सत्यवान, धर्मनिष्ठ, उपासक, दयालु र सज्जन रहेछन। उनलाई बिश्वास रहेछ की म सत्मार्गमा छु, मैले कसैको चित्त दुखाएको छैन, त्यसैले परमेश्वर सदा मेरो साथमा हुनुहुन्छ भनेर। उसको सत्मार्ग र सत्यबादी आचरण ले गर्दा समाजमा प्रतिष्ठा पनि उच्च रहेछ। सत्यता मा आधारित कर्म हुनाले कर्मफल पनि सन्तोषजनक रहेछ। त्यसैले परिवारमा पनि खुसियाली र सन्तोष रहेछ।
एक दिन उसको क्षेत्रमा मौसमले बिध्वंस मच्चाउन सुरु गरेछ। उ मात्र धर्मी भएर के गर्नु, अरुहरु प्रकृती को सम्मान गर्न नजान्ने, प्रकृतीको सक्दो दोहन गर्ने, बातावरण को मतलब नराख्ने भए पछी प्रकृती ले आफ्नो उग्र रुप देखाई हाल्छिन। त्यहाँ पनि त्यस्तै भएछ। अबिरल रुपमा पानी पर्ने र आँधी तुफान आउने भएछ। बिस्तारै सबै तिर पानी पानी हुन थालेछ। सबै जना घर छाडेर अग्लो स्थानको खोजीमा हिंडेछन। उ चाहीं म सत्यबादी र धर्मात्मा हुँ। मेरो परमेश्वर मेरो साथमा हुनुहुन्छ। मलाई वहाँले बचाई हाल्नुहुनेछ भनेर घरमै परमेश्वरको ध्यान गर्न थालेछ। एक जना मानिस उसको घर छेउ बाट जाँदै रहेछ। उसले भित्र छिरेर भनेछ, महाराज, हजुर यो घरमा सुरक्षित हुनुहुन्न, हिड्नुहोस म संग। म हजुर लाई सुरक्षित ठाँउमा लैजान्छु।
तर उसले भनेछ, हजुर जानुहोस। मलाई मेरो परमेश्वर माथी भरोसा छ। मलाई केही हुने छैन। वहाँले अवश्य बचाउनु हुनेछ।
तब त्यो ब्यक्ती त्यहाँ बाट गएछ।
केही समय पछी पानीको सतह बढ्दै गएछ र उसको घरमा पनि पानी पस्न थालेछ। उ अब भुई तल्ला बाट उठेर माथिल्लो तल्लामा गएर ध्यान गर्न थालेछ। त्यही समयमा एक जना मानिस डुंगा लिएर उसको घर छेउ बाट जाँदै रहेछ। उसले उक्त ध्यानमग्न मानिस लाई देखेर, हजुर लाई निकै खतरा छ यो घरमा हिंडनुहोस म संग। म संग डुंगा पनि छ। म हजुर लाई सुरक्षित ठाँउमा लैजाने छु भनेछ। तर त्यो ध्यान गरिरहेको मानिस ले भनेछ, तपाँई मेरो पिर नगर्नुहोस। मलाई केही हुँदैन। मेरो साथमा मेरो परमेश्वर हुनुहुन्छ। बरु तपाँई जानुहोस, नत्र तपाँई नै खतरामा पर्नु होला भनेछ। डुंगा वाला त्यहाँ बाट गएछ।
पानी को सतह अझै बढ्दै गएछ र पहिलो तला पानी ले ढाकेछ। अब दोश्रो तलामा पनि पानी पस्न थाले पछी उ छतमा उक्लेर ध्यान गर्न थालेछ। केही बेर पछी एउटा हेलिकप्टर उ भन्दा माथी अडिएर एक जना मानिस रस्सीको सिंडीको सहारा ले तल ओर्लिएर भनेछ, महाराज, अब यो घर कुनै पनि बेला ढल्न सक्छ। तपाँई बिल्कुलै असुरक्षित हुनुहुन्छ। हात दिनुहोस म तपाँई लाई सुरक्षित ठाँउमा लैजान्छु। तर त्यो मानिस अझै पनि आफ्नो जिद नछाडी मलाई मेरो परमेश्वर ले बचाउनु हुनेछ। हजुरले कष्ट नगर्नुहोस भनेर जवाफ दिएछ। त्यो बचाउन चाहने ले निकै कर गरेछ तर पनि उक्त ध्यानी ले पटक्कै कुरा सुनेनछ र भनेछ यो मेरो माथी उडिरहेको हेलिकप्टर ले मेरो ध्यानमा बाधा पुर्याउँदै छ। कृपा गरेर यसलाई यहाँ बाट अन्तै लैजानुहोस भनेछ।
हेलिकप्टर त्यहाँ बाट गएछ। त्यसको केही बेर मै त्यो ब्यक्ति बसेको घर पानी को बहाव धान्न नसकी गर्ल्याम्मै ढलेछ र पानी मा बगेछ। त्यो ब्यक्ती पनि संगै बगेछ र मृत्यु भएछ।
मृत्यु पश्चात उसको आत्मा स्वर्ग गएछ। स्वर्गमा पुग्ने बित्तिकै उसले सिधै परमेश्वरको अगाडी गएर बिन्ती गरेछ, हे प्रभु मेरो भक्तिमा के कमी थियो र मलाई आपतकालमा बचाउन आउनु भएन ? मैले कत्रो बिश्वासको साथ हजुरको ध्यान गरेर बसें तर अन्तिममा मैले मृत्यु सहनु पर्यो। मेरो के गलती भयो प्रभु…? भनेछ।
परमेश्वर मुसुक्क हाँस्दै भन्नु भएछ, म तिम्रो ध्यान र भक्ति देखेर तिमी लाई बचाउन तिन पटक सम्म तिम्रोमा आएँ तर तिमी मलाई चिन्नै सकेनौ। मैले तिमीलाई हरेक पटक सुरक्षित ठाँउमा लैजान्छु भने तर तिमी मेरो कुरै सुनेनौ। अनी मैले के गरौं त जब तिमी ले नै मैले भनेको मानेनौ भने।
तब त्यो ब्यक्ति को आत्मा बल्ल झल्यांस्स भएछ। उसलाई बल्ल आफ्नो गल्तीको महसुस भएछ।
सुन्ने लाई सुनको माला,
भन्ने लाई फूलको माला,
यो कथा बैकुण्ठ जाला,
भन्ने बेला ताजा ताजै मुखमा आई जाला।
यो कथा बास्तवमा ती सनातनीहरु प्रती लक्षित छ जो म धर्मी छु, म सत्य बाटोमा छु, किन मैले अरुको बिरोध गर्नु पर्यो ? किन बिबाद गर्नु पर्यो ? किन बहस गर्नु पर्यो? म ठिक भए पछी मेरो धर्म र मेरो परमेश्वर ले सबै ठिक पारी हाल्नु हुनेछ नी, भनेर आफ्नो धर्म, संस्कृती र मान्यता मै प्रहार गर्दा पनि मौन धारण गरेर बस्नु हुन्छ। भगवान भरोसे भएर बस्नुहुन्छ। वहाँ हरुले तब चाल पाउनु हुनेछ की जब वहाँको धर्म, संस्कृती र मान्यता लाई नमान्न उर्दी जारी गरिने छ। या आफ्नो आस्था परिवर्तन गर नत्र मर्नु पर्नेछ भनेर गर्दनमा तरबार ठडिए पछी ( वहाँलाई त्यो नपरे पनि त्यो वहांको वंश लाई पर्न सक्छ ) तब वहांले सोच्नु हुनेछ की बारम्बार मेरो धर्म र मान्यता को रक्षा गर्नुहोस, उठ्नुहोस र बोल्नुहोस भन्ने संकेत त परमेश्वर ले नै दिनु भएको रहेछ भनेर….त्यसैले हामी सबै सनातनी लाई भन्छौ, उठ्नुहोस, एकजुट हुनुहोस र बोल्नुहोस।
‘अभी नही तो कभी नही’
अस्तु