Wednesday, November 27, 2024
घरसमाचारअर्थवाणीचुहावट रोक्न निःशुल्क मिटर जडान

चुहावट रोक्न निःशुल्क मिटर जडान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/०७६ देखि विपन्न वर्गका घर परिवारलाई निःशूल्क मिटर वितरण गर्ने भएको छ । विद्युत चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण योजना अघि सारेको हो ।

आगामी आवको बजेट भाषणमा नै विपन्न वर्गलाई यस्तो मिटर निःशूल्क वितरणको योजनालाई समावेश गर्न लागिएको छ । तराई क्षेत्रमा रहेका गरिब वर्गहरूले अहिले मिटर जडान नगरी हुकिङबाट बिजुली बालिरहेका छन् । यसले ठूलो मात्रामा विजुली चुहावट भइरहेको छ ।

केही दिनअघि उर्जा मन्त्रालयलले सार्वजनिक गरेको स्वेतपत्रले आगामी कार्ययोजना अन्र्तगत उक्त विषयलाई समावेश गरेको छ । आगामी आवको बजेटबाटै उक्त विषयलाई सम्बोधन गर्ने तयारी सरकारको छ ।

यसका साथै पर्यटकीय र धार्मिक तिर्थस्थलमा पनि निःशूल्क इनर्जि मिटर जडान गरिने भएको छ । विपन्न, दलित, लोपोन्मुख आदिवासी जनजाति नविकरणीय उर्जामार्फत उर्जामा अधिकतम सहभागी गराउने योजना सरकारको छ । ग्रामीण विद्युतीकरणमा सरकारी लगानी वृद्धि गरी थप प्रभावकारी बनाउने लक्ष्य सरकारले लिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले २०.२८ प्रतिशत विद्युत् चुहावटबाटै खेर गइरहेको छ । यसलाई आगामी आर्थिक वर्षभित्रमा १५ प्रतिशतमा झार्ने जलस्रोत उर्जा तथा सिंचाई मन्त्रालयको योजना छ । विपन्न वर्गलाई निःशूल्क इनर्जि मिटर जडान गरिदिएको भए पनि यस्तो चुहावट घटाउने रणनीति मन्त्रालयको छ ।

गत वर्ष मात्रै प्राधिकरणले २.५ प्रतिशतले चुहावट कम गरेको थियो । यसरी चुहावट कम गर्दा गत वर्ष मात्रै प्राधिकरणलाई २ अर्ब रुपैयाँ फाइदा भएको थियो ।अहिले तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ ।

त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने जिल्लाहरूमा अधिक मात्रामा बिजुली चुहावट हुने गरेको छ । त्यसमध्ये सिराहा र सप्तरीमा धेरै बिजुली चोरी हुन्छ । बिजुली चोरी गर्नेमा विपन्न वर्गमा मानिसहरू बढी संलग्न देखिएको प्रँधिकरणको भनाइ छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -