Sunday, January 5, 2025
घरक्राइम चेकप्रहरीमा छोरीज्वाईको चर्को हस्तक्षेप: सिंहलाई एआईजीमा बढुवा कानूनी झमेला ?

प्रहरीमा छोरीज्वाईको चर्को हस्तक्षेप: सिंहलाई एआईजीमा बढुवा कानूनी झमेला ?

काठमाडौं । दुई दिनपछि पूजा सिंह अवकाश भएपछि नेपाल प्रहरीमा रिक्त हुने ४ एआइजीका लागि डीआइजीहरुबीच तीव्र प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा नेपाल प्रहरीका सबैभन्दा विवादित र विभागीय कारबाहीको सिफारिसमा परेका सुदूरपश्चिम प्रदेशमा कार्यरत डीआइजी अशोक सिंह निकै अगाडि देखिएका छन् । तर उनलाई बढुवा गर्न भने कानुनी झमेला देखिएको छ । गृहमन्त्रालयको सचिवमा विनोदप्रकाश सिंह छन् । नाताले उनी अशोक सिंहका भाइ पर्दछन् ।

लोकसेवा आयोग नियमावली, २०७९ मा बढुवा गर्न लागेको पदमा समितिका अध्यक्ष वा सदस्यको नजिकको नातेदार भएमा त्यसमा सहभागी हुन पाइँदैन ।

लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–‘प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ ।

नेपाल प्रहरीका एआइजीपीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष नै गृहमन्त्रालयका सचिव हुने ब्यवस्था छ । यदि गृहसचिव विनोदप्रकाश सिंह नै अध्यक्ष रहेको समितिले आशोक सिंहलाई एआइजी बढुवा गरेमा त्यसमा कानुनी प्रश्न उठ्नेछ ।

प्रहरीमा बढुवा गर्दा लोकसेवा आयोगकै ऐन कानुन गर्नुपर्ने हुन्छ । गृहमन्त्रालयका सचिव विनोदप्रकाश सिंह प्रदेश १ को प्रमुख सचिवबाट गृहसचिवमा सरुवा भएपछि डीआइजी अशोक सिंहले उनलाई भाइ सम्बोधन गरी सामाजिक संजालमा बधाइ दिएका थिए । गृहसचिव सिंह नाताले अशोक सिंहका भाइ हुन् । तर नागरिकतामा भने उनी अशोक सिंहभन्दा जेठा छन् । सचिव सिंह ५८ बर्षे उमेरहदले १ बर्षमा अवकाशमा जाँदैछन् । तर अशोक सिंह भने अझै पनि उमेरले उनीभन्दा ३ बर्ष नै कम भएको प्रहरी स्रोत बताउँछ । यस हिसाबले उनको नागरिकता समेत छानबिनको दायरामा आउनसक्ने संभावना छ ।

विभागीय कारबाहीका लागि सिफारिस भए पनि विगतमा आरजु राणाको आडमा कारबाहीबाट जोगिएका थिए अशोक सिंह । बिभागीय कारबाहीका लागि सिफारिस गरिए पनि उनी यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवालाई प्रभावमा पारी तेस्रो नम्बरमा डीआइजी बढुवा भएका थिए । बिभागीय कारबाहीको लागि सिफारिस भएका तिनै सिंह अहिले प्रधानमन्त्रीका ज्वाई प्रदेश १ का मन्त्री जीवन आचार्यलाई प्रभावमा पारी १ नम्बरमा एआइजी बढुवा हुने खेलमा छन् । उनलाई एक नम्बरमा बढुवा गर्न ज्वाई जीवन आचार्यले प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालसँग ुकरा मिलाएर सबै सेटिङ गरिसकेका छन् । पूजा सिंह २ दिनपछि फागुन ४ मा अवकाश भएपछि रिक्त हुने ४ एआइजीमा पुराना ३ जना नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ छन् । उनीहरु ३ जनालाई बढुवा गरी चौथो नम्बरमा अशोकलाई बढुवा गराउने बिषयमा छलफल गरिरहेका छन् । नयाँबाटै अशोक सिंह, दीपक थापा, बसन्त कुँवर, टेकप्रसाद राई र श्यामलाल ज्ञवालीहरुलाई बढुवा गर्ने संभावना छ ।

विवादास्पद विगत

गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले बिभागीय कारबाहीका लागि सिफारिस गरेका डीआईजी अशोक सिंहलाई एआइजी बढुवा गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेपछि प्रहरीमा भने निराशा छाएको छ । देउवाका पालामा आरजुको र प्रचण्डका पालामा गंगा दाहालले प्रहरीमा हस्तक्षेप गरी अशोक सिंहलाई बढुवा गर्न खोजेको आरोप छ । सिन्धुलीका राजकुमार बरालको हराएको खाली चेकमा सुभाष भेटवालसँग मिलेर तत्कालीन एसएसपी अशोक सिंहले २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउन खोजेको बिषयमा परेको उजुरीमा गृहमन्त्रालयले डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ सदस्य थिए ।

बरालले २०७८ पुस ९ गते आफ्ना हराएका ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै गृहमन्त्रालयमा उजुरी दिएपछि छानबिन समिति बनेको थियो । समितिले बरालको हराएको चेकमा रकम भरिएको र त्यसमा तत्कालीन एसएसपी (हालका डीआइजी) अशोक सिंहको संलग्नता देखिएकाले बिभागीय कारबाहीका लागि सिफारिस गरेको थियो ।

इन्स्पेक्टर हुँदा लैनचौर वडा प्रहरी कार्यालय(हाल बृत्त) को इन्चार्ज हुँदा ठमेलका होटल, रेष्टुरेन्टमा आतंक मच्चाई अकूत सम्पत्ति आर्जन गर्न पल्किएका अशोक सिंह त्यसयता जहाँ जहाँ इन्चार्ज भए, पैसा कमाउनमात्र उनी तल्लीन रहेको प्रहरीमा सबै जानकार छन् । इन्स्पेक्टर हुँदा राजदरबारको एडीसीमा कार्यरत रहेको भन्दै सधैं आकर्षक ठाउँ पाएका थिए ।

दरबारको एडीसीबाट लैनचौर प्रहरीको इन्चार्ज भएका उनले ब्यवसायीसँग घुस पनि असुल्ने र थुन्ने हर्कत गरेको भनी आलोचित थिए । ओमबिक्रम राणा आइजीपी हुँदा उनलाई कारबाही नै गर्नुपर्ने सूचीमा राखिएको थियो । प्रहरीमा कमाएको अकूत सम्पत्ति भाइ मार्फत् होटलदेखि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । भाइले जमलमा होटल खोलेका छन् । जुन होटलमा नै अशोक सिंह काठमाडौंको एसएसपी हुँदा सबै लेनदेनको डिल हुने गरेको थियो । साभार: नेपालफेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -