वीरगंज/ पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई कर्मचारी मिलन केन्द्र पर्साले एक समारोह बीच बिदाई गरेको छ।
पर्सामा सफलतापूर्वक एक वर्षको कार्यकाल सम्पन्न गरि नियमित सरुवामा परेर गृह मन्त्रालय जान लागेका प्रमुख जिल्ला अधिकारी ढकाललाई पर्सा जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख एवं कर्मचारीहरूको तर्फबाट कर्मचारी मिलन केन्द्रद्वारा फेरि भेटौँला भन्दै विदाई गरिएको थियो।
पर्सामा प्रमुख जिल्ला अधिकारीको रुपमा हिरालाल रेग्मीले कार्यभार सम्हालनु हुने भएको छ।