Wednesday, November 27, 2024
घरसमाचारसोनार समाजले बड़ादशैँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

सोनार समाजले बड़ादशैँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

वीरगंज/
नेपाल सोनार समाज पर्साको आज बसेको बैठकद्वारा विभिन्न निर्णयहरु गरेकोछ।

बडा दशै दिपावली तथा छठ पुजाको शुभावसरमा स्वजातिय चिकित्सकहरु द्वारा स्वास्थय शिविर औषधि वितरण लगायत नास्ता तथा पानी वितरण समेतको व्यवस्था गर्ने निर्णय गरेकोछ। साथै सो स्वास्थ्य शिविरमा सहयोग गरेको डाक्टरहरुलाई नेपाल सोनार समाज पर्साको प्रमाणपत्र समेत दिने निर्णय गरेकोछ।

सो बैठकमा नेपाल सोनार समाज पर्साका सदस्य तथा वार्ड न-३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार ज्युको अध्यक्षतामा बसेको थियो। त्यसैगरी सो बैठकमा नेपाल सोनार समाज पर्साका संयोजक भुलन प्रसाद सोनार तथा सचिव प्रवेश सरार्फ केन्द्रिय सदस्य इन्जिनियर मुन्ना सरार्फ समाजसेवी तथा पोली शान्ति क्लिनिकका सञ्चालक प्रमोद सरार्फ व्यवसायी राजकुमार सरार्फ लोसपाका सम्भावित प्रदेशसभाका उम्मेदवार तथा नगर अध्यक्ष ओमप्रकाश सरार्फ बिजुलि व्यवसायी सन्तोष सरार्फ नेपाल सोनार समाज पर्सा जिल्ला समन्वय समितिका अध्यक्ष हृदयनारायण साह सोनार समन्वय समितिका उपाध्यक्ष तथा राप्रपाका नगर अध्यक्ष समेत रहेका जलेशवर सरार्फ लगायतका सहभागिता रहेको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -