Tuesday, November 26, 2024
घरसमाचारसमृद्ध नेपाल संस्थाद्वारा पेन्सिल आर्ट प्रतियोगिता सम्पन्न

समृद्ध नेपाल संस्थाद्वारा पेन्सिल आर्ट प्रतियोगिता सम्पन्न

वीरगंज, १९ भाद्र/ समृद्ध नेपाल संस्थाद्वारा पेन्सिल आर्ट प्रतियोगिता सम्पन्न भएको छ ।

समृद्ध नेपाल संस्थाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा तीन वटा विद्यालय दिल्ली पब्लिक स्कूल, गुरुकुल एकेडेमी र नेशनल इन्फोटेकका ३५ जना सहभागी भएका थिए ।

प्रतियोगिता दिल्ली पब्लिक स्कूलको सभाहलमा गत शुक्रबार १८ गते आयोजित सो कार्यक्रममा दिल्ली पब्लिक स्कूलका प्रधानाध्यापक  श्री रन्जीव आनन्द प्रमुख अतिथि, श्री शास्त्र प्रहरी बलका प्रहरी निरीक्षक तीर्थ न्यौपाने बिशिष्ट अतिथि, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिल्ली राज सापकोटा, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, डा महेश सिंह धामी र सवारिय ग्रुप का प्रमुख प्रबंधक श्री श्याम शर्मालगायतका अतिथिहरुको सहभागीतामा आयोजना गरिएको थियो ।

त्यस प्रतियोगितामा प्रथम स्थान गुरुकुल एकेडेमी की साक्षी पटेलले हासिल गरेकी थिइन् भने दिल्ली पब्लिक स्कुल का हर्षित गोयल दोस्रो र आराध्या गुप्ता तेस्रो स्थान हासिल गरेकी थिइन्।

प्रतियोगिता त्यस संस्थाका संयोजक सुरज कुमार सर्राफको सभापतित्वमा आयोजना गरिएको थियो भने निर्णयक मण्डलमा श्री रशमी अग्रवालको उपस्थितिमा निर्णायक गरिएको थियो भने उक्त कार्यक्रममा समृद्ध नेपाल संस्थाबाट सह संयोजक खुशी रौनियार र राज पटेल को उद्घोषकमा सुरु भएको थियो ।

प्रतियोगितामा संस्था का केन्द्रीय कोाध्यक्ष श्री प्रियंशु राज गुप्ताको निर्देश र सह सचिव ताहिर अहेमद साथै कार्यक्रम संयोजक दुर्गेश चौरसियाको पहलमा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामामा सचिव अनुराग जैसवाल, कोषाध्यक्ष रोनीत गुप्ता, सदस्य संयोजक हरिओम गुप्ता, सदस्य राज पटेल, सपना सर्राफ, श्रुति शाह र जेनी पटेलको सहभागीता रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -