वीरगंज, १७ भाद्र /नेपाली काँग्रेस क्षेत्रीय समितिको बैठकले पर्सा निर्वाचन क्षेत्र नंबर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदी र पूर्व सांसद अनिल कुमार रूंगटाको नाम सिफारिश गरेको छ।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १पर्साका सभापति अरबिन्द कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर ४ गते हुन लगेको प्रदेश/प्रतिनिधिसभा निर्वाचनमा सदस्यहरूको लागि गरिएको सिफारिशमा क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ द्विवेदी र रूंगटाको नाम सिफारिश गरेको हो।
त्यस्तै सो क्षेत्रबात प्रतिनिधिसभा कालागि समानुपातिकतर्फ
राजकृष्ण अमात्य, ईश्वर भक्त श्रेष्ठ, सुषमा तिवारी, लक्ष्मी नाथ नेपाल, शम्भु हजरा दुसाद, आदित्य प्रकाश प्रधान, प्रकाश उपाध्याय, ब्रहमदेव राउत कुर्मी, किरण सरकार, निर्मला देवी, विनय सिंह, मनोज कुमार दास र महमद शरिफको नाम समनुपातिक तर्फ सिफारिश गरेको छ।
प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र १(क)बाट प्रत्यक्ष तर्फ अरबिन्द कुमार गुप्ता, राम नारायण कुर्मी, जाकिर हुसेन, सुधिर पटेल, रामनारायण राउत पटेल, आसिन मियाँ र लक्ष्मी प्रसाद यादवलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिश गरेको छ भने क्षेत्र १ (ख)बाट दिनेश कुमार पन्त, विजय कुमार सर्राफ र मंजरुल हकलाई प्रत्यक्ष उम्मेदवार सिफारिश गरेको छ।
त्यसैगरी १ (क)बाट डा. भगवान प्रसाद यादव,अनु श्रीवास्तव, किरण कुमारी शर्मा, शान्ती कार्की, राधेश्याम चौरसिया लगायत २२ जनाको नाम समनुपातिक तर्फ सिफारिश गरेको छ भने प्रदेश सभा (ख)को समानुपातिकतर्फ अनिल प्र. सिंह, दिपेन्द्र प्रसाद कुर्मी, प्रेम शंकर सिंह, मनोजा चौधरी, मिन्टु देवी र दिपेन्द्र चौहान लगायत २४ जनाको नाम सिफारिश गरेको छ।
सो बैठकले नेपाली काँग्रेसले केन्द्रमा गठबंधन गरेको र सो गठबंधनमा पर्सा क्षेत्र नं.१को प्रतिनिधि/प्रदेशसभाको तीन वटै सीट नेपाली कांग्रेसलाई नै पाउनु पर्ने सर्वसम्मति निर्णय गरेको सभापति गुप्ताले बताउनु भयो।