Tuesday, January 7, 2025
घरसमाचारएनपीएल, सुपर ओभर र रेइफरको कमाल

एनपीएल, सुपर ओभर र रेइफरको कमाल

२७ मंसिर, काठमाडौँ । हरेक कुराको पहिलो सधैँ महत्वपूर्ण र सम्झनलायक हुन्छ । अझ खेलकुदमा त पहिलो हुनुको महत्व छुट्टै छ र पहिलोको कीर्तिमान सदाबहार नै हुन्छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि बिहीबार त्यस्तै कुरा भयो । जुन एनपीएल इतिहासमा पहिलो पटक भयो । अब यो इतिहासमा सदाबहार रुपमा रहनेछ । सधैँ पहिलो नै भनेर रहिरहनेछ ।

एनपीएलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेलमा पहिलो पटक सुपर ओभरमा भयो । त्यसमा विजयी हुने टिम पोखरा रह्यो । अनी त्यसका नायक वेष्ट इन्डिजका खेलाडी रेमोन रेइफर भए ।

रेइफरले आफ्नो अनुभवको भरपुर फाइदा उठाएर पोखरालाई जिताए । अंग्रेजीमा भन्छन् नि ‘सिंगल ह्याण्डेडली विन’। हो त्यस्तै नै ।

नियमित ओभरको अन्तिम बलमा छक्का । सुपर ओभरमा ब्याटिङ गर्दै लगातार दुई छक्का र चौका । अनी सुपर ओभरको बलिङमा पनि आफैँ आएर १८ रन डिफेण्ड गर्न सफल त्यमसा पनि कुनै काउण्ड्री निदई जम्मा ५ रन खर्चेका । अझ ब्याटिङ गर्ने विपक्षी टिमका खेलाडीमा मार्टिन गप्टिल जस्ता स्टार थिए । गप्टिललाई नि रेइफरले कुनै चौका र छक्का हान्ने अवसर दिएनन् ।

त्यसैले एनपीएलको पहिलो सुपर ओभरमा पोखराले जित निकाल्यो । अनी त्यसका नायक रहे उनै रेइफर ।

यो जितपछि पोखरा ५ खेलमा ४ अंक जोडेर एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ र प्लेअफ सम्भावना कायम राखेको छ । पोखराले अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेमा प्लेअफ पुग्ने सम्भावना धेरै हुनेछ । विपिनले पनि आजको जित महत्वपूर्ण रहेको र एक पटककमा एउटा खेललाई मात्र सोचेर अघि बढ्ने बताए ।

अन्तिम बलको छक्का

कीर्तिपुरस्थित टीयू मैदानमा बिहानको कन्डिसनमा पनि विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजे । डच कप्तान स्कट एडवार्ड्सको ४५ रन मदतमा विराटनगरे २० ओभरमा १३९ रन बनायो ।

पोखराका लागि १४० रनको लक्ष्य पायो । कुनै बेला पोखराले सहजै लक्ष्य भेट्टाउने अपेक्षा थियो । तर विराटनगरले बलिङमा पुनरागमन गर्दै गएपछि पोखराले ब्याटिङमा संघर्ष गर्दै गयो ।

डेथ ओभरको केही ओभरमा विराटनगरले कसिलो बलिङ गरेपछि पोखरालाई जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक भयो ।

१६ ओभर सकिँदा पोखरा १०९/५ को स्थितीमा थियो ।जितका लागि अन्तिम चार ओभर अर्थात २४ बलमा ३१ रन आवश्यक थियो ।

१७औं ओभरमा क्रिस सोलले ८, १८औ ओभरमा सन्दीप लामिछानेले ३ र १९औं ओभरमा प्रतिश जिसीले १ विकेटसहित ६ रन मात्र दिँदा पोअरालाई अन्तिम ओभरमा १४ रन चाहिने भयो ।

क्रिजमा रेमोन रेइफर र नयाँ ब्याटर नारायण जोशी थिए । विराटनगरका नियमित बलर सन्दीप सोलर प्रतिशको चार ओभर कवटा सकिएको थियो । त्यसैले बसिर अहमदलाई कप्तान सन्दीपले १४ रन डिफेण्ड गर्न बल थमाए ।

बसिरको पहिलो बलमा नारायणले रन जोड्न सकेनन् । दोस्रो बलमा सिंगल लिएर नारायणले रेइफरलाई स्ट्राइक दिए । तेस्रो बलमा रेइपरले बसिरलाई छक्का प्रहार गर्दै जितका लागि ३ बलमा ७ रन समिकरण बनाए । चौथो बल बसिर डट फाले । पाँचौ बलमा १ रन सम्भव देखिएपनि रेइफरले रन लिएनन् । अन्तिम बलमा जितका लगि ७ रन आवश्यक भयो । छक्का हानेपनि खेल बराबर मात्र हुने थियो । सिंगल डबल वा चौकाले पनि खेल विराटनगरले जित्ने थियो ।

रेइपरले अन्तिम बलमा छक्का नै हान्छ भन्ने कन्फिडेन्सले नै सायद सिंगल लिएनन् । र उनले सोचेजस्तै अन्तिम बलमा छक्का हान्दै खेल टाई गराए । त्यसपछि खेल सुपर ओभरमा पुग्यो ।

‘टार्गेट चेज हुनुपर्ने थियो । सुपर ओभरसमम जानुपर्ने थिएन । तर सुपर ओभरमा जित्यौँ खुशी छौँ ।’ खेलपछि पोखराका विपिन खत्रीले पोष्ट म्याच कन्फ्रेन्समा भने । ‘उसले (रेइफरले) जुन कन्फिडेन्स देखायो लास्टमा । रन डबल हुन सक्थ्यो होला तर विकेट जान्छ भनेर उसले आफू स्ट्राइकमा बस्यो । छक्का हानेर खेल सुपर ओभरमा पुर्‍यायो । अनी सुपर ओभरमा पनि ब्याटिङ र बलिङमा राम्रो गरेर जितायो ।’

रेइफरले २३ बल खेल्दै ३ चौका र अन्तिम ओभरको २ छक्का सहित अविजित ३४ रन बनाए । त्यसअ३ उनले बलिङमा २ विकेट लिएका थिए ।

सुपर ओभरका नायक रेइफर

रेइफरले निर्धारित ओभरमा अनतिम बलमा छक्का मात्र हानेनन्, सुपर ओभरमा पनि पोखरालाई जिताउन एक्लै नायक नै बने । ब्याटिङमा राम्रो गरिरहेकोले पोखराले ओपनर आन्द्रेस गौससँगै रेइफरलाई नै सुपर ओभरमा ब्याटिङमा पठायो । विराटनगरबाट कप्तान सन्दीप लामिछाने स्वयं बलिङमा आए ।

तर लयमा रहेका रेइफरले सुरुवाती दुई बलमै सन्दीपलाई लगातार छक्का प्रहार गर्दै १२ रन जोडे ।

तेस्रो बल सन्दीपले डट राखे । तर चौथो बलमा रेइफरले चौका हाने । पाँचौ बलमा रेइपरले सिंगल लिएर गदसलाई स्ट्राइक दिए । गौसले पनि सिंगल नै जोडेपछि पोखराले सुपर ओभरमा १८ रन बनायो ।

विराटनगरले १९ रनको लक्ष्य पायो । ब्याटिङमा मार्टिन गप्टिल र निकोलस किर्टोन आए । पोखराबाट बलिङमा पनि रेइफर नै आए । उनले त्यसअघि बलिङमा ४ ओभर बलिङ गर्दा २ विकेट लिएका थिए ।

रेइफरले जम्मा ५ रन खर्चिए । चार बलमा सिंगल रन दिएका उनले एक बल डट राखे । एक बल वाइड फालेका थिए तर त्यसको लेगल डेलिभरी डटै राखे । विराटनगरले जम्मा ५ रन मात्र बनायो । जबकी रेइफरले एक बलमै हानेको छक्का जति रन पनि बनेन ।

पोखराका स्पीनर विपिन खत्रीले टेष्ट नेसनबाट खेलेका रेइफरले दबाको समयमा पनि आफ्नो अनुभव देखाएको बताए । ‘रेइफर टेष्ट नेसनको प्लेअर हो । त्यो अनुभव छ र त्यो आज देखायो । खुशी छौँ,’ विपिनले भने, ‘रेइफरले लास्टमा फिनिस गर्‍यो । राम्रो भयो । मिटिङमा रेइफर र गौसले नै ब्याटिङ गरेर २०-२४ रन टार्गेट दिने योजना थियो । बलिङमा पनि २-३ डट वा सिंगल दिए उनीहरुलाई गाह्रो हुन्छ भन्ने थियो । १८ रन बनाएपछि डिफेण्ड गर्छौँ भन्ने थियो ।’

उता विराटनगरका कप्तान सन्दीप लामिछानेले धेरै रन खर्चेकोमा समर्थकहरु देखि धेरैको आलोचना थियो । सन्दीपले भन्दा प्रतिशले राम्रो बलिङ गरिरहेकोले धेरैले सन्दीपको सट्टा प्रतिशलाई बलिङ दिनुपर्ने तर्क समेत राखे । तर सन्दीपले खेलपछि आफूमा कहिले पनि डाउट नभएको र टिमले पनि आप्नो डिसिजनलाई रेस्पेक्ट गरेको बताए ।

सन्दीपले आज आफ्नो जित नै नलेखेको भन्दै जे गरेपनि यस्तो अवस्थामा जित नहुने प्रतिक्रिया दिए । ‘आज जित लेखेको थिएन । रेमोन रेइफरलाई पनि क्रेडिट जान्छ । सुरुको दुई बलले नै फरक बनायो ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -