Monday, December 16, 2024
घरसमाचारशीतलहरबाट जोगिन पूर्व तयारी गर्दै मधेश प्रदेश सरकार

शीतलहरबाट जोगिन पूर्व तयारी गर्दै मधेश प्रदेश सरकार




जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा शुरु हुन लागेको शीतलहरलाई ध्यानमा राखेर मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले सरोकारवाला निकायहरूको सहभागितामा आज जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

रिम्स नामक संस्थाको सहयोगमा भएको शीतलहरको प्रभाव आकलन तथा पूर्व तयारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, ८ जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि एवं प्रमुख जिल्ला अधिकारीहरूको सहभागितामा भएको सो कार्यक्रममा आउने शीतलहरबाट गरिब तथा विपन्न वर्गलाई जोगाउनका लागि गर्नु पर्ने काम तथा तयारीको विषयमा छलफल भएको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले शीतलहरुका कारणले गरिब तथा विपन्न वर्गका नागरिकहरू बढी मात्रामा प्रभावित हुने भएकाले उनीहरुलाई जोगाउनका लागि प्रदेश सरकारले न्यानो कार्यक्रम गर्ने गरेको बताउनु भयो ।

उहाँले जिल्ला विपत व्यवस्थापन समितिहरूलाई पनि यसको तयारीमा जुट्नका लागि निर्देशन दिँदै प्रदेश सरकारले जिल्लामा श्रोतको कमी हुन नदिने बताउनु भयो ।  

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव, मधेश प्रदेशका चारै सुरक्षा निकायका प्रदेश स्तरका उच्च अधिकारीहरू पनि सहभागी रहेका थिए । मधेश प्रदेशका जिल्लाहरू हरेक प्राकृतिक विपत्तिको दृष्टिकोणले उच्च जोखिम क्षेत्रमा पर्ने भएकाले आउने शीतलहरुबाट जोगिनका लागि पूर्व सजगताका लागि कार्यक्रम महत्वपूर्ण भएको सहभागीहरूले बताउनु भएको थियो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -