Tuesday, November 26, 2024
घरसमाचारलैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल लगायत ४ संस्थाको सहकार्य

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल लगायत ४ संस्थाको सहकार्य

काठमाडौं । नेपालले विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा एनसेल लगायत चार संस्थाको सहकार्यमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

एनसेल फाउन्डेसन, जोन्टा क्लब काठमाडौं, यूएनएफपीए र युनिसेफद्वारा आयोजित उक्त कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे ।

कार्यक्रममा जोन्टाका अध्यक्ष विना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् ।

महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले बालविवाह मानव अधिकारको उल्लङ्घन भएको र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

महिला अधिकारकर्मी तथा युनाइटेड नेसनकी सीईडीएडब्ल्यू कमिटी सदस्य बन्दना रानाले महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैंगिक समानता प्रवद्र्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम रहेको बताइन् ।

एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर विशाखा लक्ष्मी खड्काले नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध रहेको बताइन् । लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास कम्पनीले राख्ने गरेको उनले बताइन् ।

कार्यक्रममा युनिसेफ नेपालकी जी ह्युन राहले विभिन्न सहकार्यबाट बालविवाहको चक्र तोड्न र महिला तथा किशोरीलाई सशक्त बनाउन सकिने बताइन् ।

युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ कमला विष्ट, कलाकार प्रकाश सपुत र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरे ।

यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन यूएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -