Wednesday, November 27, 2024
घरसमाचारउद्योग दिवस : जुम्लाका १० जना उद्यमी पुरस्कृत

उद्योग दिवस : जुम्लाका १० जना उद्यमी पुरस्कृत




जुम्ला । दशैँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जुम्लाका १० जना उद्यमी पुरस्कृत भएका छन् । जुम्लाको उत्पादनलाई प्रशोधन गरी जिल्लाभित्र र जिल्ला बाहिर पुराएर बजारीकरण गर्दै आएका १० जना उद्यमी पुरस्कृत भएका हुन् ।

जसमा सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक नारायणी चौलागाँई, लक्की आलु चिप्सका उद्योगका सञ्चालक सख्खी कठायत, हस्तना डेरी उद्योगका सञ्चालक हस्तना न्यौपाने, खरायो पालन उद्योगका सञ्चालक पदमवहादुर रोकाया, चुली हिमाली उद्योगका सञ्चालक टेकबहादुर बुढा पुरस्कृत भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले बताउनुभयो ।

उहाँका अनुसार विष्णु कृषि तथा पशुपन्छी उद्योग सञ्चालक हिम बहादुर रावल, महत भैँसी पालन उद्योग सञ्चालक गोपाल महत,मालिका तेल प्रशोधन उद्योग सञ्चालक सुर बहादुर रावत, र कैलाश फलफूल नर्सरी उद्योग सञ्चालक गोर्खवहादुर भण्डारी पुरस्कृत भएका हुन् ।

स्थानीय उत्पादनको प्रशोधन तथा बजार प्रर्बद्धनमा निर्वाह गरेको उल्लेखीय भूमिकाको कदर गर्दै सम्मानपत्र सहित पुरस्कृत गरिएको छ ।

उद्यमी नारायणी चौलागाईले पुरस्कृत हुँदा उद्यमशीलता प्रति थप जिम्मेवारी बढे पनि जुम्लामा अनुदान पचाउनका लागि खोलिएका नक्कली उद्योगलाई बन्द गर्न अभियान चलाउनुपर्ने बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -