Saturday, November 30, 2024
घरसमाचारकर्णालीका पाँच जिल्लाका ६ उत्कृष्ट करदाता सम्मानित

कर्णालीका पाँच जिल्लाका ६ उत्कृष्ट करदाता सम्मानित




सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतले कर दिवसका अवसरमा कर्णालीका पाँच जिल्लाका उत्कृष्ट ६ जना करदातालाई सम्मान गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई कर दिवस तथा कर सप्ताहको अवसर पारेर आज वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

हुम्लाबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता उत्थान कन्स्ट्रक्सन एण्ड मल्टी सप्लायर्स प्रालि, जाजरकोटबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता जयकृष्ण पोल्ट्री सप्लायर्सका प्रोप्राइटर जयबहादुर खत्री, दैलेखबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता फूलबारी विद्या मन्दिर प्रालि, डोल्पाबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता शेलरी डुग्ड्रा कन्स्ट्रक्सनका प्रोप्राइटर डोइटुप डोल्मा गुरुङ सुर्खेतबाट सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाता ज्वाला कलर बैक एण्ड अर्डर सप्लायर्सका प्रोप्राइटर कमलप्रसाद जैसी तथा आन्तरिक राजस्व कार्यालय सुर्खेतको कार्यक्षेत्रभरि मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगरलाई सम्मान गरिएको कर अधिकृत कल्पना सुवेदीले जानकारी दिनुभयो ।

उहाँले आन्तरिक राजस्व कार्यालय सुर्खेतको कार्यक्षेत्र हुम्ला, डोल्पा, जाजरकोट, दैलेख र सुर्खेत रहेको बताउनु भयो । उहाँका अनुसार त्यस्तै कर प्रशासनमा उल्लेखनीय कार्य सम्पादन गरेकामा उक्त कार्यालयमा कार्यरत नायब सुब्बा चोमावली पौडेललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मानित हुने करदातालाई सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, आन्तरिक राजस्व कार्यालय सुर्खेतका निमित्त प्रमुख यज्ञराज ढकाल लगायतले हार्दिक बधाईसँगै उत्तरोत्तर प्रगतिको कामनासहित प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रताप लम्साल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुर्खेतका सुमननाथ योगी लगायतले सम्मानित करदातालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -