Saturday, November 16, 2024
घरसमाचारयस्तो छ सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची

यस्तो छ सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची

विश्वमा आम प्रयोगमा रहेका सबैभन्दा साधारण अर्थात् कमजोर पासवर्डहरुको नयाँ सूची सार्वजनिक भएको छ ।

नर्डपासले सबैभन्दा सामान्य शीर्ष २०० पासवर्डको सूची संलग्न रिपोर्टको छैटौं संस्करण सार्वजनिक गरेको हो ।

यसमा विश्वका विभिन्न ४४ वटा देशमा सबैभन्दा धेरै प्रयोग भएका पासवर्डको सूची समावेश छ ।

उक्त रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै प्रयोग भएको अर्थात् सर्वाधिक कमजोर पासवर्ड 123456 हो । अनुसनधानमा संलग्न देशहरुमा ३० लाख १८ हजार ०५० जनाले आफ्ना विभिन्न अनलाइन अकाउन्टहरुमा यो पासवर्ड प्रयोग गरेका छन् ।

त्यस्तै दोश्रो सबैभन्दा कमजोर पासवर्ड 123456789 रहेको छ ।

NordStellar सँगको साझेदारीमा गरिएको उक्त अध्ययनको निष्कर्षका अनुार विश्वका करिब आधा सर्वाधिक सामान्य पासवर्ड चाहिं किबोर्डका सजिलो अक्षर श्रेणी जस्तै qwerty, 1q2w3e4er5t तथा 123456789 बाट बनेका हुन्छन् ।

नर्डपासको एक पूरानो अध्ययन अनुसार एकजना इन्टरनेट प्रयोगकर्ताको व्यक्तिगत खाताका लागि औसतमा १६८ पासवर्ड तथा कार्यसँग सम्बन्धित खाताका लागि ८७ वटा पासवर्ड हुने गरेका छन् ।

यतिधेरै पासवर्ड वास्तवमा सम्हाल्ने मुस्किल पर्दछ, त्यसैले अधिकांश मानिसहरुले यस्ता सजिला पासवर्ड अर्थात् catchphrases को प्रयोग गर्दछन् ताकि त्यसलाई सम्झिन सजिलो होस् । तर त्यस्ता पासवर्ड सजिलैसँग ह्याक पनि हुनसक्छन् । ती पासवर्डहरुलाई ह्याक गर्न एक सेकेण्डको समय पनि लाग्दैन ।

रिपोर्ट अनुसार नेदरल्याण्ड, फिनल्याण्ड, क्यानडा तथा लिथुआनिया जस्ता देशहरुमा qwerty123 अहिले पनि सबैभन्दा धेरै प्रयोग गरिने पासवर्डको रुपमा रहेको छ । यी हुन् सबैभन्दा कमजोर २० पासवर्ड :

  • 123456
  • 123456789
  • 12345678
  • password
  • qwerty123
  • qwerty1
  • 111111
  • 12345
  • secret
  • 123123
  • 1234567890
  • 1234567
  • 000000
  • qwerty
  • abc123
  • password1
  • iloveyou
  • 111111111
  • dragon
  • monkey

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -