३० कात्तिक, काठमाडौं । नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सको संयुक्त आयोजनामा इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका २४ ब्वाइज र १६ गर्ल्स गरी ४० खेलाडीको सहभागिता रहने इमर्जिङ एथलिट्सका टुर्नामेन्ट म्यानेजर जयजीव हाडाले जनाएका छन् । सहभागी अन्य राष्ट्रमा भारत, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्ड रहेका छन् ।
एसियाली टेनिस महासंघको स्वीकृति प्राप्त प्रतियोगिताको सर्किट– १ सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा ६ दिनसम्म चल्ने छ । सर्किट– २ नोभेम्बर २३ तारिखदेखि सुरु हुनेछ ।