Saturday, November 16, 2024
घरसमाचारएनपीएलको खेल तालिका दुई दिनमा सार्वजनिक हुने, १६ गते निर्वाचनको दिन खेल...

एनपीएलको खेल तालिका दुई दिनमा सार्वजनिक हुने, १६ गते निर्वाचनको दिन खेल नहुने

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलतालिका दुई दिन भित्र सार्वजनिक हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित टाइटल स्पोनर र ब्रोडकास्ट पार्टर घोषणा कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दुई दिनभित्रै खेलतालिका सार्वजनिक गर्ने जानकारी दिए । ‘हाम्रो योजना अनुसार हामी अबको दुई दिन भित्र एनपीएलको खेलतालिका सार्वजनिक गर्नेछौँ ।’

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अहिले लिगको तयारी तिव्र भइरहेको छ । मंसिर १६ गते काठमाडौं सहित विभिन्न स्थानमा उपनिर्वाचन छ । निर्वाचनका दिन कुनै खेल नहुने पनि सचिव खड्काले बताए ।

‘मंसिर १६ गते कुनै खेल हुँदैन । १६ गतेका लागि सिडियोसँग कुरा गरिसकेका छौँ । नेपालको कानुन र निर्वाचन आचारसंहिता हुन्छ त्यसलाई मध्यनजर गर्दै त्यो दिन खेल हुँदैन । प्रशासनसँग नजिकबाट सहकार्य गरेर म्याच गर्दैनौँ । संयोगवस त्यो दिन निर्वाचन कीर्तिपुरमै रहेछ ।’ उनले खेल नहुने बारे प्रष्ट पारे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -