Saturday, November 16, 2024
घरसमाचारबस्ताकोटीको ‘पानीको रंग’ कविता संग्रह विमोचन

बस्ताकोटीको ‘पानीको रंग’ कविता संग्रह विमोचन

३० कात्तिक, काठमाडौं । साहित्यकार डा. ऋषि बस्ताकोटीको कविता संग्रह ‘पानीको रंग’ विमोचन गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञहरू बाबा बस्नेत र डा. कृष्णराज अधिकारी र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले कविता संग्रह विमोचन गरेका हुन् ।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहमा ४० वटा कविताहरू संग्रहित छन् । बस्ताकोटीका कवितामा जीवन दर्शन, प्रकृति प्रेम, प्रवास लगायतका विषय समेटिएका छन् ।

सामाजिक यथार्थवादी धारका लेखक बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् । कवि, गजलकार तथा मुक्तककारको परिचय बनाएका उनका दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।

क्यानडाको क्यालगेरी विश्वविद्यालयबाट क्यानडा सरकारको प्रतिष्ठित भ्यानियर छात्रवृत्तिसहित वातावरणीय नीति विषयमा विद्यावारिधी गरेका बस्ताकोटी अहिले अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत छन् ।

यसअघि उनका ‘ज्वालाका रापहरू’ गजल संग्रह, ‘स्पर्श गजल’ एल्बम र ‘विसंगत बस्ती’ मुक्तक संग्रह प्रकाशित छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -