Saturday, January 18, 2025
घरसमाचारघरदैलोमै पुगेर सेवा प्रवाह गर्दै मुसिकोट नगरपालिका

घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै मुसिकोट नगरपालिका




गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले बुधबार सिम्ले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गर्दै सेवा दिएको हो । 

नगरपालिकाका ९ वटा वडामध्ये भूगोलको आधारमा सबैभन्दा ठूलो वडा रहेको १ नम्बर वडा कार्यालय पौदी अमराईबाट टाढा रहेका बस्तीहरूलाई सेवा प्रवाहमा जोड्न र नागरिकलाई सहज ढङ्गले सेवा दिन नगरपालिकाले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गरेको नगर प्रमुख जीवन खरेलले बताउनुभयो । 

कुनै पनि सेवा लिन वडा कार्यालय सम्म धाउनुपर्ने समस्याको अन्त्य भएको प्रमुख खरेलले बताउनुभयो । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको हुँदा नगरपालिकाले घरदैलोमा गएर सेवा दिने बताउनुभयो ।

विवाह दर्ता, उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता, सिफारिस, मालपोत सङ्कलन र प्राविधिक सल्लाह जस्ता काम सामुदायिक सेवा केन्द्रबाट गरिएको मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।

मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्लेका नागरिकहरू घरदैलोबाट सेवा लिन पाउँदा निकै खुशी भएका छन् । नगरपालिकाले घरदैलोमै आएर सेवा दिँदा स्थानीय सरकार भएको महशुस भएको डमर बहादुर धर्तीले बताउनुभयो । 

त्यस्तै अर्का एक स्थानीय नर बहादुर खातीले सामुदायिक सेवा केन्द्रबाट पहिलो योजनाको सम्झौता गर्दै नगरपालिकालाई धन्यवाद दिनुभएको थियो । पहिले योजना सम्झौता गर्न वडादेखि नगरपालिका सम्म जानुपर्ने थियो । तर, नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेर घरदैलो बाट सेवा प्रवाह गर्दा खुशी लागेको बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -