Tuesday, November 26, 2024
घरसमाचारगण्डकी प्रादेशिक पुष्प मेला सुरु

गण्डकी प्रादेशिक पुष्प मेला सुरु




पोखरा । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ आज (सोमबार) देखि सुरु भएको छ ।

फ्लोरिकल् एसोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामा यही कार्तिक १६ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले गर्नुभयो । उहाँले तिहार पर्वको अवसरमा भारतदेखि आउने फुललाई भन्दा स्वदेशी फुललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्न विभिन्न सहुलियत र छुटमा विभिन्न कृषि सम्बन्धि कार्यक्रम ल्याएको पनि उहाँले जनाउनुभयो ।

प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा, कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २४ वटा प्रदर्शनी कक्षहरू रहेको फ्यान कास्कीका अध्यक्ष राम प्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार न्यूनतम ५० रुपैयाँदेखि १६ हजार मूल्य बराबरको वेगमवेली जातको बिरुवाहरू समेत मेलामा रहेका छन् । १ सय २० भन्दा बढी प्रजातिका फुलहरू रहेको अध्यक्ष सुवेदीले दाबी गर्नुभयो ।

फ्यानले २०६२ सालदेखि कास्की जिल्लामा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीको बिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पोखरा महानगर र व्यवसायी सहितको टोलीले यस वर्षको लागि पोखरामा फुलको मालाको समेत मूल्य निर्धारण गरेको छ । प्रतिमाला सानोलाई १०० देखि मध्यम प्रकारको लागि १५० र ठुलो मालालाई भने १८० मा बिक्री गर्ने निर्णय भएको फ्यानले जनाएको छ । मालाको तिहारलक्षित विक्री भने कार्तिक १५ गतेदेखि हुने छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -