Wednesday, January 8, 2025
घरसमाचारअपी पावरको आम्दानी ८१ प्रतिशत बढ्यो

अपी पावरको आम्दानी ८१ प्रतिशत बढ्यो

११ कात्तिक, काठमाडौं । अपी पावर कम्पनीको विद्युत् बिक्री आम्दानी ८१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामै विद्युत् बिक्रीवापत ४७ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी २६ करोड १६ लाख रुपैयाँ थियो ।

विद्युत् बिक्री आम्दानी बढेसँगै नाफा बढेको छ । गत आवको पहिलो त्रैमासमा ४० लाख नोक्सानीमा रहेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा छ । कम्पनीको ५ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । गत बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २९१ रुपैयाँ छ । यो मूल्यका आधारमा मूल्य आम्दानी अनुपात २३.१ गुणा छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । यो बोनस सेयर समायोजन भइसकेको छ । अर्थात् अब सेयर किन्नेले बोनस सेयर पाउँदैनन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -