Sunday, January 12, 2025
घरसमाचारयो साता बैंकिङमा उच्च गिरावट, यी हुन् मूल्य धेरै घटेका कम्पनी

यो साता बैंकिङमा उच्च गिरावट, यी हुन् मूल्य धेरै घटेका कम्पनी

९ कात्तिक, काठमाडौं । यो साता सेयर बजार ४.२९ प्रतिशत घटेको छ । गत साता २७४५ मा बन्द भएको बजार यो साता ११८ अंक घटेर २६२७ मा बन्द भयो । गत साता सेयर बजार २.८८ प्रतिशत अर्थात् ७७ अंकले बढेको थियो ।

यो साता पाँचै दिन कारोबार भएको छ । आइतबार ४७.४४ र सोमबार ५७.९९ अंक घटेको बजार मंगलबार २५.८८ अंक बढ्यो । बुधबार २०.४१ र बिहीबार १८.२५ अंक घटेसँगै २६२७ मा बन्द भयो ।

बजार घट्दा कारोबार रकम पनि घट्दो देखिन्छ । आइतबार ८ अर्ब १८ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ९० करोड, मंगलबार ४ अर्ब १७ करोडको कारोबार भएकोमा बुधबार ६ अर्ब २७ करोडको भयो । अन्तिम दिन बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भयो ।

यो साता मूल्य उच्च दरमा बढेका कम्पनीमा अधिकांश फाइनान्स र हाइड्रोपावर समूहका रहे । त्यस्तै मूल्य उच्च दरमा घट्नेमा अधिकांश बैंकिङ सेक्टरका कम्पनी रहे ।  

बैंकिङमा किन देखियो उच्च गिरावट ?

यो साता बैंकिङ सेक्टर सबैभन्दा धेरै ५.२८ प्रतिशत घट्यो । यसको मुख्य कारण हो बैंकहरूको कमजोर वित्तीय विवरण । यो साता बुधबार वाणिज्य बैंकहरूको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भयो ।

सार्वजनिक वित्तीय विवरणले खुद नाफा २१ प्रतिशत बढे पनि बिजनेस कमजोर देखियो । बैंकहरूको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा औसत ६ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी घट्दा भएको नाफा दिगो हुँदैन ।

राष्ट्र बैंकले नियामकीय व्यवस्थामा लिएको लचकताले गर्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था घटेको छ । जसले खुद ब्याज आम्दानी घट्दा पनि बैंकहरूको नाफा समग्रमा बढेको छ ।

मौद्रिक नीतिमार्फत असल वर्गमा वर्गीकरण भएको कर्जामा १.२ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा चालु आवबाट १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको थियो ।

अर्कातर्फ, धेरै लगानीकर्ताले निष्क्रिय कर्जा घट्ने अनुमान गरे पनि वित्तीय विवरणमा भने उल्टो अवस्था देखियो । बैंकहरू कर्जा असुलीमा असफल भए ।

वित्तीय विवरणले साताको पछिल्ला दुई दिनलाई ठूलो प्रभाव पार्‍यो । जसका कारण साताभरि उच्च दरले घट्नेमा यो सेक्टर रह्यो । यद्यपि, यो साता सबै सेक्टर घटेका छन् ।

बैंकिङपछि धेरै घट्ने सेक्टरमा लाइफ इन्स्योरेन्स रह्यो, जुन ५.१६ प्रतिशत घट्यो । सबैभन्दा न्यून दरमा घट्नेमा व्यापार समूह रह्यो । जुन समूह २.९२ प्रतिशत घट्यो ।

यो साता उच्च कारोबार भएका कम्पनी

रकमका आधारमा यो साता सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– कुमारी बैंक । यस बैंकको साताभरि १ अर्ब ७ करोडको कारोबार भयो ।

त्यसपछि रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ङादी ग्रुप, समृद्धि फाइनान्स र प्रभु बैंक छन् ।

धेरै पटक कारोबार हुने कम्पनीमा पनि कुमारी बैंक पहिलो स्थानमा रह्यो । कुमारीपछि हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, गुडविल फाइनान्स, पिपुल्स हाइड्रोपावर, प्रभु बैंक, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स र निफ्रा छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -