Saturday, January 11, 2025
घरसमाचारट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने, नागरिक ‘एप’बाटै देखाउन सकिने

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने, नागरिक ‘एप’बाटै देखाउन सकिने




काठमाडौँ । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको छ ।

सरकारले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरेसँगै अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी गराउनुभयो।

सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभयो। उहाँले डिजिटल पेमेन्ट गर्ने व्यवस्थाले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको भन्नुहुँदै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भोलि आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा डिजिटल पेमेन्टको व्यवस्था सुरु हुने बताउनुभयो।

उहाँले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको भन्नुहुँदै कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको बताउनुभयो। “नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।”

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -