Saturday, January 11, 2025
घरसमाचारसाफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

२८ असोज, काठमाडौं । घरेलु मैदानमा आयोजना हुने साफ वुमन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको छ । विदेशमा खेलिरहेका सावित्रा भण्डारी र रेखा पाैडेललाई समेट्दै नेपाली टोली घोषणा गरिएको हो ।

नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्नेछन् ।

साताै संस्करणको साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुँदैछ ।

च्याम्पियन्सिपमा दक्षिण एशियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ । नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्नेछ ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए ।

 

२३ खेलाडीको सूची

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर

मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्मी, विमला चौधरी

फरवार्ड : रश्मि कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -