२४ असोज, जनकपुरधाम । महोत्तरीको सोनामाई मन्दिरमा ‘भूत मेला’ लागेको छ । औरही नगरपालिका–७ मा रहेको सोनामाई शक्तिपीठमा गएरातिदेखि ‘भूत मेला’ सुरु भएको हो ।
बडा दशैंको अवसरमा प्रत्येक वर्ष लाग्ने यस मेलामा वर्षौंदेखि ‘भूत मेला’ लाग्ने गर्दछ । यस दिन सोनामाई देवीको मन्दिरमा पुगेपछि कहिल्यै पनि भूतप्रेतको असर नपर्ने जनविश्वास रहेको मन्दिरका पूजारी घनश्याम झा बताउँछन् ।
पूजारी झाका अनुसार मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायतका देशका विभिन्न स्थान र भारतका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउँछन् । षष्टीदेखि दशमीसम्म चल्ने भूत मेलामा लखौं दर्शनार्थी सहभागी हुने गर्दछन् ।