Tuesday, November 26, 2024
घरसमाचारफुटबलबाट इनेस्टाको सन्यास

फुटबलबाट इनेस्टाको सन्यास

२२ असोज, काठमाडौं । स्पेन तथा बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्यास लिएका छन् ।

४० वर्षिय इनेस्टाले मंगलबार सन्यास घोषणा गरेका हुन् ।

इनेस्टा इतिहासकै उत्कृष्ट खेलाडीको रुपमा चिनिन्छन् । विशेषगरी स्पेनको राष्ट्रिय टिम र बार्सिलोनामा जाभी हर्नान्डेज, सर्जियो बुस्केटसँगै इनेस्टाको मिडफिल्ड पार्टनरसिप गज्जबको थियो ।

बार्सिलोनामा पत्रकार सम्मेलनमा सन्यास घोषणा गर्दा इनेस्टा निकै भावुक बनेका थिए ।

उनले अब आफू प्रशिक्षणमा लाग्ने योजनामा रहेको बताए । ‘पिचमा रहने समय सकियो,’ इनेस्टाले भने ‘म फुटबलबाट टाढा रहन सक्दिन र यो मेरो जीवन हो र यसलाई अझै निरन्तरता दिनेछु ।’

स्पेनका लागि १३१ खेल खेलेका इनेस्टाले सन् २०१० को फिफा विश्वकप फाइनलमा नेदरल्याण्ड्स विरुद्ध निर्णायक गोल गरेका थिए । यस्तै सन् २००८ र २०१२ मा लगातार युरोकप जितेका थिए ।

बार्सिलोनाको ला मासिया एकेडेमीका उत्पादन इनेस्टाले आफ्नो २२ वर्षीय करियरमा अधिकांश समय बार्सिलोनामा बिताएका थिए । सन् २००२ मा सिनियर टिममा डेब्यु गरेका उनले २९ उपाधि जिते। जसमा ९ स्पानिस ला लिगा र ४ च्याम्पियन्स लिग ट्रफी समेत सामेल छ ।

इनेस्टा सन् २०१८ मा जापनीज क्लब भिसेल कोबमा अनुबन्ध भएका थिए । यस्तै २०२३ मा युएईको प्रो लिग क्लब एमिरेट्समा अनुबन्ध भएका थिए ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -