Saturday, January 11, 2025
घरसमाचारमदन भण्डारी कलेजले दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गन

मदन भण्डारी कलेजले दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गन




काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले भोलीदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ । 

भोली देखी ३ दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उक्त ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन कृषि तथा वित्तीय प्रविधि लगायतका विद्यामा खोज तथा अन्वेषण सम्बन्धी प्रस्तुति रहने क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

यस्तै ह्याकाथन प्रतिस्पर्धामा विभिन्न ६ वटा विद्यामा विजेता र सबै विद्यार्थीहरूबाट समग्र विजेता छनौट हुनेले रु १० हजार र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -