Sunday, January 12, 2025
घरसमाचारराष्ट्रिय गौरवका सिँचाई आयोजनाको हालसम्मको प्रगतिका विषयमा छलफल

राष्ट्रिय गौरवका सिँचाई आयोजनाको हालसम्मको प्रगतिका विषयमा छलफल




काठमाडाैँ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले राष्ट्रिय गौरवका सिँचाई आयोजनाको हालसम्मको प्रगतिका विषयमा छलफल गरेको छ ।

सिंहदरबार स्थित समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित महाकाली सिँचाई, रानी जमरा कुलरिया, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगतिका विषयमा छलफल भएको हो ।

छलफलमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन्न गर्न छुट्टै कानुनको आवश्यकता भएको, बजेट निर्माण गर्दा छरिएर जाने र यसले भ्रष्टाचार बढाउने गरेको भन्दै सकिनै लागेका आयोजनालाई एकमुस्ट बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

यसैगरी सांसदहरुले राष्ट्रिय गौरवका आयोजना सम्पन्न नहुँदासम्म आयोजनामा कार्यरत कर्मचारीको सरुवा गर्न नहुने, आयोजनाको समय लम्बिँदा राज्यको लागत बढ्ने र प्रतिफल नआउने बताउनुभयो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजना निर्माणमा बजेट अपुग भएको, मन्त्रालयगत समन्वयमा समस्या भएको र जग्गा अधिग्रहण मुख्य समस्याका रुपमा रहेकाले यसको सम्बोधन गरेर आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -