Sunday, January 12, 2025
घरसमाचारउपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष ध्यान दिन्छ : मुख्यमन्त्री आचार्य

उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष ध्यान दिन्छ : मुख्यमन्त्री आचार्य




बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीद्वारा आयोजित सम्मान तथा औषधि व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले सरकारी अस्पतालहरूको सेवा सुधार र निजी अस्पतालहरूलाई कानूनी दायरामा ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिँदै बुटवललाई स्वास्थ्य हबको रूपमा विकास गर्न लुम्बिनी प्रादेशिक अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार १२ सय शय्याको प्रादेशिक अस्पतालले पूर्णता पाएपछि औषधि व्यवसाय पनि फस्टाउँदै जानेछ र आर्थिक कारोबारमा वृद्धि हुनेछ। चालू आर्थिक वर्षमा प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको पनि उनले जानकारी दिनुभयो।

मुख्यमन्त्री आचार्यले औषधि व्यवसायलाई पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, लागू औषधको कारोबार र गैर स्वीकृत औषधिको बिक्री वितरणमा कडाइ गरिने बताउनुभयो। साथै, औषधि व्यवसायीहरूलाई व्यावसायिकता ख्याल गरेर अघि बढ्न सुझाव दिँदै उहाँले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -