बाजुरा। बाजुरामा पुस्तौँदेखि आरनको काम गर्दै आएका आरन व्यवसायीहरूले यो पेशा बाट दैनिक घरपरिवारको गुजारा गर्नै मुस्किल भएको बताउन थालेका छन्। बडिमालिका नगरपालिका वडा नम्बर ५ का गिठे मिजारले आरन पेसा गरेर जीविकोपार्जन गर्न निकै कठिन भएको बताउनुभयो । आरनको काम गरे बापत प्रत्येक घरबाट बाली उठाउने (खलो खाने) प्रथा रहेको बाजुरामा काम अनुसारको अन्न …