Sunday, January 12, 2025
घरसमाचारस्थानीय तथा रैथाने बालीकाे संवर्द्धन र उत्पादन वृद्धि आजको आवश्यकता : कृषि मन्त्री...

स्थानीय तथा रैथाने बालीकाे संवर्द्धन र उत्पादन वृद्धि आजको आवश्यकता : कृषि मन्त्री अधिकारी   




काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले  नेपालमा रहेका स्थानीय तथा रैथाने  जातका बालीको संवर्द्धन गर्दै उच्च उत्पादन दिने  बिउ तथा प्रविधिको आयात गरी उत्पादन बढाउनु पर्ने बताउनुभएको  छ  । 

आज काठमाडौँमा सुरु भएको  अन्तर्राष्ट्रिय बीउ सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले  हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बीउ बिजन उत्पादनका लागि नेपाललाई  उत्कृष्ट गन्तव्यको रुपमा विकास  गर्ने सकिने  उल्लेख गर्दे मन्त्री अधिकारीले  यसका लागि सरकारी ,सहकारी र  निजी क्षेत्रबीच सहकार्य आवश्यक छ भन्नुभयो ।

मन्त्री अधिकारीले  खाद्य तथा पोषण सुरक्षाको  सुनिश्चितताका लागि कृषि उपजको  उत्पादन र  उत्पादकत्व वृद्धि नै पहिलो सर्त भएपनि जलवायु परिवर्तन र  खाद्य तथा कृषि प्रणालीमा आएको  व्यापक परिवर्तनले हाम्रो  कृषि र  कृषि प्रणाली प्रभावित भइरहेको  उल्लेख गर्नुभयो ।  उहाँले  कृषि क्षेत्रमा बदलिँदो परिस्थितिको  सामना गर्दे कृषि उत्पादनको  वृद्धि मार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताको लागि उन्नत जातका गुणस्तरीय बीउ बिजनको प्रयोग र  विस्तारको  आवश्यकतामा जोड दिनुभयो   ।  

बीउ बिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावनाको  खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास  तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बीउ उत्पादन कार्यमार्फत नेपालको खाद्य सुरक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने  अपेक्षा व्यक्त गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल बीउ व्यवसायी संघ लगायतको सहकार्यमा सम्मेलनको  आयोजना गरिएको  हो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -