Thursday, November 28, 2024
घरसमाचारभोली डोलेश्वर मन्दिरको चारै ढोका खुल्ने

भोली डोलेश्वर मन्दिरको चारै ढोका खुल्ने

भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरको भोली चारै ढोका खुल्ने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिन भदौ ६ गते मन्दिरका चारै ढोका खोल्ला गर्नुका साथै स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले भोली मन्दिरका चारै ढोका खुला गर्नुका साथै भक्तजनलाई शिला छोएर पूजा गर्न दिने व्यवस्था गरिने बताउनुभयो ।

समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले गर्भ गृहमै प्रवेश गरी शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिँदै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी ३८ दिने श्रावणी मेला पनि भोली नै समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलश यात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिन्छ ।

डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले सूर्यविनायक नगरपालिकाले भोली स्थानीय पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद नेपालले कार्यपालिकाको निर्णय अनुसार बिहीबार अत्यावश्यक बाहेक नगरपालिकाका मातहतका सम्पूर्ण वडा कार्यालय, विद्यालय लगायत सबै संघसस्थाका सेवाहरू बन्द रहने बताउनुभयो ।

बिहीबार दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा डोलेश्वरमा विशेष कार्यक्रम रहेको छ ।

बि.सं. २०६६ साल भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । बिगत ३ वर्षदेखि यो दिन नगरपालिकाले स्थानीय पर्व बिदा दिँदै आएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -