Wednesday, November 27, 2024
घरसमाचारगैर आवासीय नागरिकलाई पनि अख्तियारको दायरामा ल्याउन प्रस्ताव

गैर आवासीय नागरिकलाई पनि अख्तियारको दायरामा ल्याउन प्रस्ताव




काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले गैरआवासीय नेपाली नागरिकलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा समेट्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले गैरआवासीय नेपाली नागरिकलाई आर्थिक र सांस्कृतिक अधिकार प्रदान गरिएकाले उनीहरुलाई पनि आर्थिक अनियमिता गरे अख्तियारले छानविन गर्न सक्ने कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले पनि गैर आवासीय नेपाली नागरिकलाई आर्थिक अधिकार हुने भएकाले भ्रष्टाचार निवार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा समेट्नुपर्ने बताउनुभयो ।

बैठकमा गृहमन्त्री लेखकले अन्तरिम संविधानमा सरकारी कर्मचारीको अनुचित कार्य हेर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा रहेको र हाल यो विषय कसले हेर्ने भन्ने स्पष्ट नरहेको उल्लेख गर्दै अनुचित कार्य हेर्ने सम्बन्धमा छलफल गर्न सकिने बताउनुभयो ।

बैठकमा राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक निरञ्जन विष्टले हाल कसैको पनि क्षेत्राधिकारमा नरहेको अनुचित कार्य हेर्ने अधिकार आफूहरूलाई दिन माग गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -