३२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासँग ८ बुँदामा सहमतिसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।
शुक्रबार साँझ भएको छलफलमा उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाहरुले उठाएका विषय आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
मउवा संघबाट आर्थिक वर्ष २०८१/८२ को करका दरको सम्बन्धमा १८ साउनमा बुझाएको पन पत्र र ३२ गते वार्ताको क्रममा पेश भएका मागका सम्बन्धमा ८ बुँदामा समझदारी गरिएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
यससँगै कर वृद्धिको विरोधमा १० दिनदेखि चलिरहेको आन्दोलन स्थगित गरिएको मउवा संघका उपाध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए ।
सहमति पत्रमा उपमहानगरबाट मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता सविन न्यौपाने र व्यवसायीको तर्फबाट मउवा संघका अध्यक्ष कष्ृणकुमार अग्रवाल गुप्ता, निर्माण व्यवसायी संघ अध्यक्ष बालगोपाल कंडेल, मउवा संघ उपाध्यक्षहरु उज्वल चौलागाईं, राजु अधिकारी, होटल एसोसिएसनका कल्याण पौडेलले हस्ताक्षर गरेका छन् ।