Tuesday, November 26, 2024
घरसमाचारसर्पको  टोकाइबाट दुई बालिकाको मृत्यु

सर्पको  टोकाइबाट दुई बालिकाको मृत्यु




बर्दिया । सर्पको टोकाइबाट बर्दियाको गुलरियामा दुई जना बालिकाको  मृत्यु भएको छ । सर्पले टोकाइले  गुलरिया नगरपालिका नगरपालिका वडा नं १ गाउँ नम्बर १५ की  ९  वर्षीया मायरा  चौधरी र ११ वर्षीया सोनिमा चौधरीको  मृत्यु भएको  बर्दिया प्रहरीले जनाएको छ । 

घरमा नै सुतिरहेको अवस्थामा एक्कासि बिरामी भई बर्दिया अस्पताल लगिएको र अस्पतालमा पुर्‍याएपछि सर्पले टोकेर मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जनाकारी दिनु भयो । 

बर्दिया अस्पतालमा मेडिकल अधिकृत सन्जय महत्तोले  सर्पले  टोकेर दुईजना बालिकाको बाटोमा नै मृत्यु  भएको  अवस्थामा बर्दिया अस्पताल ल्याई पुर्याएको जानकारी दिनु भयो ।

त्यसैगरी मधुवन नगरपालिका वडा नं २ ओराली बजार बस्ने जयराम थारूकी छोरी ६ बर्षिया रिया चौधरी गुलरिया नगरपालिका वडा नं १ मामाघर आएको बेलामा सर्पले टेकेर गम्भीर बिरामी भएकोले थप उपचारको लागि भेरी अस्पताल नेपालगञ्जमा रेफर गरिएको छ । उनको हाल सम्म उपचार भइरहेको छ । 

गुलरिया नगरपालिका –१ का राम प्रसाद चौधरीले ७ वर्षीया भान्जी रिमा चौधरीले बिहान एक्कासी पेट दुख्यो भन्नेपछि खैरापुरमा रहेको मेडिकलबाट औषधी लिएर खुवाएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘ भान्जीले मुखबाट फिँज निकालेपछि अस्पताल लिएर आएका हौ । अस्पताल आएपछि मात्र थाहा भयो भान्जीलाई सर्पले टोकेको रैछ । भान्जीको अवस्था गम्भीर रहेको छ ।’

गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किन्छन । जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरमा पुग्न सक्छन् । विषालु सर्पले टोकेमा मानिसको ज्यान समेत जान सक्छ । 

बर्दिया अस्पतालका  अनुसार चालु आर्थिक २०८१/०८२ मा बर्दिया अस्पतालमा ४२ जना  सर्पले टोकेको  बिरामी आएका थिए । जसमध्ये ३ जनालाई  भेरी अस्पताल नेपालगन्जमा  रिफर  गरिएको  छ ।  भने गत आर्थिक वर्ष २०८०/०८१  बर्दिया अस्पतालमा ८७  जना  सर्पले  टोकेको  बिरामी  आएको  थिए  । जसमध्ये ४७ बिषालु सर्पले  टोकेको  १७  जनालाई  भेरी  अस्पतालमा नेपालगन्जमा  रिफर  गरिएको अस्पतालका मेडिकल रेकर्डर  एवम् सूचना अधिकारी केशव न्यौपानेले  जानकारी दिनु भयो । २०८१ वैशाख देखि  साउनसम्म सर्पको टोकाइबाट  बर्दियाबाट  रिफर  भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्ने क्रममा ३ जनाले  मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -