Wednesday, November 27, 2024
घरसमाचारशिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूद्वारा संशोधन प्रस्तुत

शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्ता सांसदहरूद्वारा संशोधन प्रस्तुत




काठमाडौँ । प्रतिनिधिसभाको विषयगत समितिमा छलफल जारी रहेको विद्यालय शिक्षा विधेयकमाथि आज पनि संशोधनकर्ता सांसदहरुले संशोधन प्रस्तुत गर्नुभएको छ । 

संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले विधेयकमा शिक्षालाई गुणस्तरीय बनाउने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरु ठाकुर गैरे, सोविता गौतम, गणेश पराजुली, प्रभु शाहलगायतका सांसदहरुले विधेयकमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था गरिनुपर्ने, प्रयोगात्मक विषयलाई प्राथमिकता दिनुपर्ने, कृषि शिक्षालाई विद्यालय तहमा समावेश गरिनुपर्ने,प्रधानाध्यापकको छनौट खुला प्रतिस्पर्धाबाट हुनुपर्नेलगायतको संशोधन प्रस्तुत गर्नुभयो । 

बैठकमा सांसदहरुले निजी र सार्वजनिक गरी दुई थरी शिक्षालाई विधेयकमा समावेश गर्न नुहुने, मातृभाषा शिक्षक दरबन्दी व्यवस्था गर्नुपर्ने विषय प्रस्तुत गर्नुभयो । 

बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक पास भएर कार्यान्वयन हुँदा राज्यले २० देखि ३० अर्ब बजेट छुट्ट्याउनुपर्ने र शिक्षा विधेयकलाई साँच्चै समृद्ध बनाउने हो भने संविधान नै संशोधन गरिनुपर्ने बताउनुभयो । 

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पछिल्लो समय कुनै पनि कक्षाको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा माथि हुनु नसकेको बताउँदै उपलब्धि सुधार गर्न शिक्षामा लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -