Tuesday, November 26, 2024
घरसमाचार‘वर्तमान सत्ता समीकरणले मिसन ८४ लाई सहयोग गर्छ’

‘वर्तमान सत्ता समीकरणले मिसन ८४ लाई सहयोग गर्छ’




दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता समीकरणले मिसन ८४ लाई सहयोग गर्ने बताउनुभएको छ । नेकपा एमाले दाङको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । 

दुई ठुला दल मिलेर सत्ता सञ्चालन गर्ने लक्ष्य नभएको भन्दै भविष्यमा संविधान संशोधन गरेर स्थायी राजनीतिक व्यवस्थाका लागि यसो गरिएको उहाँले बताउनुभयो । पार्टीलाई दलित, महिला, जनजाति तथा सबै समुदायमा पुर्‍याउन उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । 

संविधानमै केही कमजोरी रहेको भन्दै कार्यान्वयनका आधारमा संविधान संशोधन गरिने उहाँले बताउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -