Thursday, November 28, 2024
घरसमाचारजाँदाजाँदै प्रचण्डले गरेका थिए चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनीत

जाँदाजाँदै प्रचण्डले गरेका थिए चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनीत

१ साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँदाजाँदै चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनीत गरेको पाइएको छ ।

प्रचण्डले आफ्नो निजी चिकित्सकको रूपमा रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्मा र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमकी पूर्व सहायक डीन तक्मा केसीलाई सदस्यमा मनोनीत गरेका हुन् । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । १९ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रचण्डले विश्वासको मत लिनु अघिल्लो दिन असार २७ गते सदस्य मनोनीत गरेका थिए ।

आयोगका उपाध्यक्ष प्रा.डा अञ्जनीकुमार झाले दुई जना सदस्य मनोनीत भएको पुष्टि गरे । ‘दुई जनालाई नियुक्त गर्नुभएको भन्ने खबर प्राप्त भएको छ । आज दिउँसो १२ बजेसम्म पत्र आएको थिएन । त्यसपछि पत्र आएको हुनसक्छ,’ डा. झाले अनलाइनखबरसँग भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -