२८ असार, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ अन्तर्गत ब्याडमिन्टनको समूह चरणमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर अक्सलसेनसँग खेल्ने भएका छन् ।
वर्ल्ड ब्याडमिन्टन फेडेरेसन (बीडब्लुएफ)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार प्रिन्स समूह पी मा छन् । यस समूहमा प्रिन्स र भिक्टोर एक्सलसेनसँगै आयरल्याण्डका न्हात न्गुउन तथा इजरायलका मिशा जिबेरमान छन् । प्रिन्सले बक्याडमिन्टनको पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् ।
पेरिस ओलम्पिकमा पुरुष सिंग्लसमा कूल ४१ खेलाडी छन् । उनीहरुलाई १३ समूहमा विभाजन गरिएको छ । १२ समूहमा ३ खेलाडी छन् भने प्रिन्स रहेको समूह्यमा मात्र ४ खेलाडी छन् ।
समूह ए, समूह ए र प्रिन्स सम्मिलित समूह बी को समूह विजेता सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । बाँकी १० समूहको विजेता भने प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष स्थानमा पुगिसकेका प्रिन्स पहिलो पटक ओलम्पिक खेल्दैछन् । उनी ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत बन्दैछन् ।
तर पेरिस ओलम्पिकमा प्रिन्सले प्रशिक्षक विनै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।